Nepal Purbadhar

दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना


काठमाडौं । इन्टरनेशनल फेडेरेसन अफ एशियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले ‘दीगो पूर्वाधार लगानी’ बारे एक दिने सम्मेलनको आयोजना गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनमा दीगो र जलवायु अनुकुलन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने विषयमा केन्द्रित रहेको नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङ दार्जी लामा (एडी) ले जानकारी दिए । ‘यो विषय अहिले संसारभर उठिरहेको छ, नेपालमा पनि सरोकारवालाको ध्यान जाओस् भनेर आयोजना गरिएको हो’ उनले भने ।

सम्मेलनले हरित पूर्वाधारको विषयलाई उठाउने छ । त्यस्तै, कार्वन न्यूनिकरण गर्नेगरी पूर्वाधार निर्माण गर्ने विषयले पनि प्राथमिकता पाउनेछ ।

सम्मेलनमा विश्व बैंक, एशियाली विकास बैंक, आइडीआइसीका अन्तर्राष्ट्रिय वक्ताहरु सहभागी हुनेछन । सम्मेलनमा हुने प्राविधिक सत्रहरुमा हुने छलफलमा उपस्थितहरूलाई विशेषज्ञहरूसँग संलग्न हुन र उनीहरूको आफ्नै अन्तर्दृष्टि र अनुभवहरू साझा गर्ने अवसरहरू हुनेछ ।

सम्मेलनमा सरकारी अधिकारीहरू, नीति निर्माताहरू, शिक्षाविद र निजी क्षेत्रका प्रतिनिधिहरू सहित अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति हुनेछ । आयोजकका अनुसार करिब ३ सय जना सहभागी हुनेछन् ।

 


Read Previous

सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

Read Next

हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो