Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना, ८ सय राेपनी क्षेत्रफलमा सिँचाइ


तनहुँ। जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा १ करोड २९ लाख रूपैयाँ र सिस्नेरीमा  ७९ लाख रूपैयाँको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुुई स्थानमा गरी करिब ८ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ । सिँचाइ योजनाबाट शुक्लागण्डकीमा ३ सय र भीमादका २ सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ । रासस


Read Previous

जीप छिरिङ लामालाई एफक्यान ग्लोरी अवार्ड, २ विधामा कालिका उत्कृष्ट (कुन विधामा कसले जिते ?)

Read Next

ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

Leave a Reply

Your email address will not be published.