Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान


काठमाडौं । बोउमा कनएक्स्पोमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सोमबार भारतको उत्तर प्रदेश प्रस्थान प्रस्थान गरेका छन् ।

ग्रेटर नोइडामा चार दिन सम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्री सहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर—सामानहरू प्रदर्शनीका लागि राखिनेछन् ।

भोलि  (मंगलवार) देखि शुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करीब ६ सय प्रविधि सप्लायर्सको सहभागिता रहने छ भने ६० देशका ५० हजार भन्दा बढीले १० हजार स्टलहरू अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था ईफाप्काका अध्यक्ष समेत रहका महासंघ अध्यक्ष सिंहलाई अतिथिको रुपमा एक्स्पोमा आमन्त्रण गरिएको हो ।

सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित् पछिल्ला प्रविधिका बारेमा विज्ञहरूसँग छलफलगर्नेछन ।  महासंघ यस एक्स्पोको सर्पोटरको भूमिकामा रहेको छ ।

अध्यक्ष सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्य समिति सदस्य अशोक कुमार केसी, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतले बिदाई गरे ।


Read Previous

योजना आयोगमा तीन सदस्य नियुक्त

Read Next

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

Leave a Reply

Your email address will not be published.