Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

५ महिनामा २३ करोडको विद्युतीय सवारीको चार्जर आयात


काठमाडौं । चालू आर्थिक वर्षमा करोडौँ रुपैयाँको विद्युतीय सवारीको चार्जर आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाको अवधिमा २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सवारी चार्जर आयात भएको हो।

चालू आर्थिक वर्षमा विद्युतीय सवारीको आयात बढेसँगै सवारीको चार्जर आयात समेत बढेको देखिएको छ । यस अवधिमा नेपालमा ७८ हजार ६४७ वटा एसी/डीसी सवारी चार्जर आयात भएको हो । यसबापत राज्यले १ करोड ५ लाख ७७ हजार रुपैयाँ राजश्व असूली गरेको छ।

विश्वका ७ वटा मुलुकबाट सवारी चार्जर आयात हुने गरेपनि चीन र भारतबाट सबैभन्दा धेरै आयात भएको छ। यस अवधिमा चीनबाट २१ करोड ६८ लाख रुपैयाँको सवारी चार्जर आयात हुँदा भारतबाट १ करोड ४३ लाख ३५ हजारको चार्जर आयात भएको छ।

यस्तै, नेपालबाट मोबाइल फोनको चार्जर आयातमा ६ करोड ४६ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाको अवधिमा चार्जर आयातमै करोडौं रुपैयाँ बाहिरिएको हो। तथ्यांकअनुसार चीनबाट ४ करोड ३० लाखको चार्जर आयात हुँदा भारतबाट १ करोड ४१ लाखको चार्जर आयात भएको छ।


Read Previous

उपत्यकामा सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने

Read Next

कालीगण्डकी कोरिडोर प्रसारण लाइनकाे कुस्मा-न्यू बुटवल खण्ड पूरा हुँदै,चार्ज गर्न ६ महिना लाग्ने

Leave a Reply

Your email address will not be published.