Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

उपत्यकामा सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने


काठमाडौं। काठमाडाैं उपत्यकामा सडक सम्बन्धी काम गर्नकाे लागि सबै सराेकारवाला निकायबीच साझा संयन्त्र बनाउने विषयमा छलफल भएकाे छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच बुधबार मन्त्रालयमा भएकाे अन्तरक्रियात्मक बैठकमा साझा संयन्त्रबारे छलफल भएकाे हाे ।

मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुननसक्ने अवस्थाबीच साझा संयन्त्र बनाएर अगाडि बढ्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको हो।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौं उपत्यका बिकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत बिकास समितिका अध्यक्ष उद्दवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुईदर्जन भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यसक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्नेमा जोड दिए । ‘आ-आफ्नो काम गरौं तर समन्वयमा’ उपप्रधानमन्त्री श्रेष्ठले भने,’खाल्डाखुल्डी छ, कुन निकायले बनाएको सडक हो थाहा छैन, सडक नबनाएको आरोप भौतिक पूर्वाधार मन्त्रालयलाई आउँछ।’

काठमाडौं महानगरका मेयर शाहले आफुहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको र अबैध घरटहरा हटाउन सरकारको मद्दत चाहिएको बताए ।  त्यस्तै ललितपुर महानगर मेयर महर्जनले सार्वजनिक खरिद ऐन ०६३ लाई संशोधन गरेर नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।

आयुक्त ढकाल र अध्यक्ष तिमल्सिनाले पनि साझा संयन्त्र, काममा समन्वय र गुणात्मक विकासको उपप्रधानमन्त्री श्रेष्ठको अवधारणालाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताए ।  सडक र समस्याको पहिचान गरेर कामलाई गति दिईने र हरेक महिनाको १५ गतेपछिको शुक्रबार दुई बजे यही निकायबीच अन्तरक्रियात्मक बैठक बस्ने सहमति त्यसक्रममा भएको छ।

यसअघि नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजना र सडक बिभागबीच पनि संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने निर्णय भैसकेको छ।


Read Previous

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही

Read Next

५ महिनामा २३ करोडको विद्युतीय सवारीको चार्जर आयात

Leave a Reply

Your email address will not be published.