Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा


काठमाडाैं । सरकारले न्यूनतम साझा कार्यक्रममार्फत सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै, लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने भएकाे छ ।

खाद्य, आवास र खानेपानी जनताको मौलिक हकको रूपमा स्थापित गर्ने र ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को अवधारणा लागु गर्न कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने  कार्यक्रममा उल्लेख छ ।

सबै पालिकामा खाद्य भण्डार स्थापना गर्ने र सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने, कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष १ लाख परिवार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष ३ लाख परिवारलाई खाद्यसुरक्षा प्रदान गर्ने भनिएकाे छ ।

कुनै पनि नेपाली नागरिक सडक मानवको अवस्थामा रहन नपर्ने सुनिश्चित गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, जनता आवास तथा सुरक्षित आवासका कार्यक्रमहरू सञ्चालन गर्ने  विषय कार्यक्रममा परेकाे छ ।

‘एक घर एक खानेपानीको धारा’ कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरमा स्वच्छ खानेपानी पुयाउने भनिएकाे छ ।

*


Read Previous

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा

Read Next

दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा (साझा कार्यक्रमको पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published.