Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न बुद्ध एयरको आग्रह


काठमाडौ । बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न सरकारसँग आग्रह गरेको छ ।

देशका अन्य विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने बुद्ध एयरको भनाइ छ । आईएफआर प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ ।

सुर्खेत विमानस्थलमा भिएफआर प्रविधिमा सञ्चालनमा रहेको छ । यस प्रविधिमा मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना प्रवल रहन्छ ।

आईएफआर प्रविधि जडान भएमा साँझ राती पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुनेछ ।

आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण तदारुकताका साथ लागेको छ । यसमा प्रदेश तथा संघीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नका लागि बुध्द एयरले अनुरोध गरेको छ ।

अहिले बुद्ध एयरले सुर्खेतबाट काठमाडौंको सिधा उडान सञ्चालन गरिरहेको छ । शुरुका दिनमा सानो जहाजबाट उडान सञ्चालन गरेको र पछि एटीआर–४२ जहाजबाट उडानलाई निरन्तरता दिएको थियो ।

एटीआर–४२ जहाजबाट उडान सञ्चालन भएपछि भाडादर केही सहज र सरल भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको अगुवाई र सहयोगमा बुध्द एयरले १६ डिसेम्बरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर–७२ जहाजबाट उडान सञ्चालन गरेको छ ।

ठूलो जहाजबाट उडान भर्दा भाडादर पनि थप सहज र सरल भएको बुद्ध एयरको भनाइ छ । यात्रुहरुको माग र अनुरोधलाई ध्यानमा राखी बुध्द एयरले २१ डिसेम्बरबाट अर्काे उडान पनि भर्ने जनाएको छ ।

यसरी दिनको दुई उडानले यात्रुलाई त्यसैदिन आफ्नो कार्य सकि आउजाउ गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।


Read Previous

‘सरकारी कार्यालयकाे कोठा-कोठा धाएर सेवा लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नैपर्छ’

Read Next

वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

Leave a Reply

Your email address will not be published.