Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ?

परीक्षण सकिए पनि महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी आएन


महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनामा तेस्रो चरण अन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय अझै टुङ्गोमा पुग्न सकेको छैन ।  तेस्रो चरणमा हालसम्म निर्माण पूरा भइसकेकाे आयोजनाकाे मूल नहरमा नियमित पानी ल्याउने कामकाे टुंगाे लाग्न नसकेकाे हाे ।

पहिलाे पटक गत असार १५ मा भारतीय पक्षले मूल नहरमा परीक्षणका लागि पानी छाेडेको थियो । परीक्षण सकिएपछि पनि मूल नहरमा नियमित पानी ल्याउन नसकिएकाे महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले बताए ।

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूल नहर बनिसकेको छ । उनले मूल नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग अहिलेसम्म कुराकानी नभएको बताए ।

उनले हाल निर्माणाधीन मूल नहरको केही स्थानमा प्राविधिक समस्या देखिएकोले सो विषयमा ध्यान दिनु परेका कारण पनि पानी ल्याउन नसकिएकाे बताए । “गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरो भएको छैन,” उनले भने,“पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन ।”

२०६४ देखि सुरु भएको आयोजनाकाे २०७५ मा आइपुग्दा १२ किलोमिटर मूल नहर मात्रै निर्माण भएको थियो । पछिल्लो समय आयोजनाकाे कामले गति लिएको इञ्जिनीयर पण्डितको दाबी छ । “२०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो । अब समस्या नभएकाले आयोजनाले गति लिएको हो ” उनले भने ।

१ सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्म २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको उनले जानकारी दिए ।

“मूल नहर निर्माणको स्टमेट बनाएर स्वीकृतिका लागि सिँञ्चाइ विभागमा पेश गरेका छौं,” उनले भने,“स्वीकृति आउनासाथ अरु प्रक्रिया अघि बढ्छ ।” उनले हाल ३ प्याकेजमा निर्माण भइरहेको मूल नहरको पहिलो साढे ५ किलोमिटर मूल नहरको काम सकिएको बताए । दोस्रो खण्डकाे ५ किलोमिटरको पनि करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

त्यसैगरी, तेस्रो खण्डकाे पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि एक अर्ब २४ करोड रुपैयाँ रकम विनियोजित छ ।

त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि २ प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनीयर पण्डितले जानकारी दिए ।  ४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको पनि उनले बताए । ठेकेदारसँग एक अर्ब रुपैयाँ बढीको ठेक्का सम्झौता भइसकेको छ ।


Read Previous

विद्युत प्राधिकरणले ३ महिनामा कमायाे साढे ८ अर्ब नाफा

Read Next

प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार

Leave a Reply

Your email address will not be published.