Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार


काठमाडौं । देशभरका सडक पूर्वाधार कमजोर हुनुमा प्रकोप प्रतिरोधी नीति र निर्माण योजनाको अभाव मुख्य कारण देखिएकाे विज्ञले बताएका छन् ।यातायात पूर्वाधार विज्ञ डा. चन्द्रबहादुर श्रेष्ठले सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले बिहीबार आयोजना गरेको ‘डिजास्टर रिजिलियण्ट एण्ड सस्टेनेवल इन्फ्रास्ट्रचर फर बेटर फ्युचर’ नाम राष्ट्रिय सम्मेलनका अवसरमा प्रस्तुति दिँदै योजनामा आधारित र राम्रो तयारी नहुँदा सडक पूर्वाधारकाे गुणस्तर राम्राे हुन नसकेकाे बताए ।

उनले योजनामा आधारित र राम्रो तयारीसाथ निर्माण गरेमा सडक यातायात पूर्वाधार बलियो हुने बताए । श्रेष्ठले  प्रस्तुतिमार्फत सडक पूर्वाधार कमजोर हुने विभिन्न कारण उल्लेख गरे ।

‘नेपालमा सडक यातायात प्रभावकारी नहुनुमा भौगौलिक कारण पहिलो देखिन्छ ।  अप्रभावकारी ढल व्यवस्थापन पनि सडक पूवार्धारमा समस्याको रूपमा रहेको छ’ उनले भने । भौगोलिक अवस्था परिवर्तन गर्न नसके पनि पानीको व्यवस्थापनको भने विकल्प नभएको उनले बताए ।

त्यस्तै, कमजोर अवस्थितिमा रहेको वस्तीले पनि यातायात व्यवस्थापनलाई  कमजोर बनाएको उनकाे भनाइ छ । ‘यसबाहेक इञ्जिनियरिङ डिजाइन बिना नै सडक बनाएको वस्तीमा सडक यातायात कमजोर छ । त्यस्तो ठाँउमा पहिरो जानाले झन जोखिम वृद्धि हुने गरेको छ’  श्रेष्ठले भने ।

सडकको सतह खिइनुमा अत्याधिक तौल बोकेका सवारी साधन

नेपालको सडक पूर्वाधार दीगो नहुनुमा सडकको सतह खिइदै जानु पनि एउटा समस्याको रूपमा रहेको छ । यसको कारण सडकको सतहले धान्नेभन्दा धेरै तौल बोकेका यातायातका साधनको कारण बिग्रिदै गएको विज्ञहरूको भनाइ छ । ‘तोकिएको भन्दा धेरै तौल बोक्नु समस्याको कारण हो । यसको समाधानको रुपमा वेट पुल ल्याए पनि सरकारले पूर्ण कार्यान्वयनमा ल्याउन सकेको छैन् । यसलाई कार्यान्वयन गरे समस्या घट्दै जानेछ’ उनले भने ।

सम्मेलनमा ढलको व्यवस्थापन नहुँदा पनि सडकको सतहमा समस्या देखिएको छ । यसको लागि ढल सुधार बनाउनुपर्नेछ । त्यसबाहेक अप्रभावकारी डिजाइन, राम्रोसँग निर्माण नगर्नु, समयमा मर्मत नहुनु र सडक पुलको निर्माण समाग्री निकाल्दा पनि समस्या भइरहेको छ ।

प्रभावकारी यातायात पूर्वाधारको लागि के गर्ने ?

स्काफको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा यातायात प्रणालीलाई प्रभावकारी बनाउनको लागि वैकल्पिक रुट र सडकको उपलब्धता हुँदा राम्रो हुनेछ । त्यस्तै, यातयात व्यवस्थित गर्न राजनीतिक अर्थतन्त्र महत्वपूर्ण विषयको रूपमा रहेको छ ।

अहिले राजनीतिक शक्तिको आधारमा यातायात पूर्वाधारले प्राथमिकिरण पाउने गरेको छ । त्यस्तै, नयाँ सडक निर्माण गर्दा त्यसको मर्मतको बारे सोचिदैन । अर्कोतर्फ आधा मात्र बनाएर छोड्ने गरिएको छ । यसमा सुधार ल्याउनुपर्नेछ ।

सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्ने हो भने जति स्रोत उपलब्ध छ, त्यति मात्र सडक निर्माण गरेर राम्रो हुने विज्ञहरुको सुझाव छ । त्यस्तै, अबका दिनमा अनिवार्य रुपमा जलवायु परिवर्तन प्रतिरोधी निर्देशिकाहरु तयार गरी कार्यान्वयन गर्नुपर्नेछ ।

अर्कोतर्फ छरिएर रहेका बस्तीलाई व्यवस्थित रुपमा एकिकृत गर्नुपर्नेछ । त्यस्तै, सडक विभाग, यातायात व्यवस्था विभाग र स्थानीय सरकारलाई सबल बनाउनुपर्छ । यसले पनि यातायात पूर्वाधार सुधारमा ठूलो योगदान पुर्याउने उनकाे बुझाइ छ।


Read Previous

परीक्षण सकिए पनि महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी आएन

Read Next

अर्थतन्त्र संकटमा छैन,नयाँ आयाम खोजौं: अर्थमन्त्री शर्मा

Leave a Reply

Your email address will not be published.