काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी खरिद गरेको ४० विद्युतीय बसमध्ये ३५ ओटा राजधानी भित्रिएका छन् ।
आइपुग्न बाँकी रहेका ५ बस पनि नाकामा ल्याइसकिएको छ । नेपाल भित्रिसकामध्ये २७ ओटा साझाको पार्किङमा छन । ५ ओटा बनेपामा राखिएका छन् ।
साझा यातायातका बोर्ड सदस्य भुषण तुलाधरका अनुसार यी बसहरु प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन लगत्तै दर्ता गरिनेछ । ‘त्यसपछ रुट पर्मिट सम्बन्धि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन थालिनेछ’ उनले भने ।
यसअघि नै ३ ओटा विद्युतीय बस भने नमूनाको रुपमा काठमाडौको सडकमा १ महिनादेखि गुडिरहेका छन् । ‘खरीद गरिएका सबै बसहरु स्मल डेकर हून र राजधानी भित्र सञ्चालन गरिनेछ’ तुलाधरले भने ।
चिनियाँ कम्पनी सीएचटीसीले नाञ्जिङ उत्पादन कारखानाबाट नेपाली सडकको स्तरअनुसार यी बसलाई तयार गरी ल्याइएको हो ।