Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

पहिराेले अवरुद्ध मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि खुल्याे


म्याग्दी । म्याग्दी र मुस्ताङ राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि सुचारु भएकाे छ । भीषण वर्षाका कारण पहिराे खसेपछि अवरुद्ध याे सडक खण्ड शुक्रबारबाट खुलेकाे हाे ।

पर्वतको जलजला गाउँपालिका–७, केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध हुन पुगेकाे याे सडक खण्ड मर्मत गरेर सञ्चालनमा ल्याइएकाे मिलनचोक प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका-१, मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका २ वटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराको जोखिम भएकाले आवत–जावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन  आग्रह गरिएको मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताए ।

स्तरोन्नतिका क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा–बागलुङ–बेनी सडक खण्डकाे  प्रयोग गरेका थिए । मालढुङ्गा–बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।


Read Previous

सुनकाेसी-मरिन डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुभारम्भ (फाेटाे फिचर)

Read Next

उपत्यकाका सार्वजनिक जग्गा र भवनकाे नाप नक्सा विवरण पेश गर्ने अटेरी

Leave a Reply

Your email address will not be published.