Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कर्णाली राजमार्गकाे अवराेध हटाउन समय लागेपछि वैकल्पिक मार्ग सञ्चालन 


दैलख । कर्णाली प्रदेशमा लगातारकाे झरीले ठाउँ-ठाउँमा पहिराे खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि दशैं सकेर कर्म थलाे फर्कनेका लागि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि याे राजमार्ग अहिले अवरुद्ध छ ।

दैनिक सञ्चालन भइरहेकाे सडक अवरुद्ध भएपछि दशैंमा घर गएका यात्रुहरूले जाेखिम माेलेर वैकल्पिक मार्गबाट यात्रा गरिरहेका छन् । अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता यात्रुले भाेग्नु परिरहेकाे छ । एक मात्र वैकल्पिक मार्ग रहेकाे दैलेख–सुर्खेत सडक खण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो झरेको छ ।

दशैं सकिएसँगै कर्मथलो फर्कने कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुहरूलाई सहजै गन्तव्यमा पुर्याउन दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुखसहितको टोली अवरोध हटाउन पहिरो खसेकै स्थानमा पुगेर सडक खुलाउने काममा निरन्तर व्यस्त छन् ।

दैलेख–सुर्खेत खण्डको डुङ्गेश्वर बजार नजिक ठूलो पहिरो गएर सडक भासिएपछि पहिरो पन्छाएर सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरिएकाे छ । २० स्थानमा झरेको पहिरो हटाउन ४ दिनदेखि अवरुद्ध सडक बुधबारदेखि मात्र सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

सडक खुलाउन नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाको डोजर प्रयोग गरिएको छ । पहिराको जोखिम मोल्दै यात्रुहरूले कष्टकर पैदल यात्रा गर्नुपरेको छ । दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुङ्गेश्वर खण्ड, जिरो पोइन्ट, घोडा वास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ । अहिले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ । सडक भासिएका स्थानमा नालीमा ढुङ्गा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिएको भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।

प्रजिअ हमाल, दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाह, सशस्त्र प्रहरी दैलेखका प्रमुख देवराज बिष्टलगायतको सुरक्षा टोली पहिरो खसेको स्थानमा पुग्दा डोजर सञ्चालकले पहिरो पन्छाउन नसकिने जनाउँदै डोजर फर्किसकेको थियो । सयौं यात्रुहरू धेरै दिनसम्म अलपत्र हुने अवस्था देखेपछि सडक भित्तामा रहेको नालीमा ढुङ्गा हालेर वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था आएकाे थियाे ।

जिल्लाबाट गएका सबै प्रमुखहरू, सुरक्षा बल र अलपत्र यात्रुहरूले ढुङ्गा बोकेर सडक भित्ताबाट डोजर जाने बाटो निर्माण गरेपछि मात्र बाटो बन्यो । डोजरले ठूला दुईवटा ढुङ्गा पन्छाउन र पहिरो सफा गर्न निरन्तर डोजर चलाएपछि मात्र सडक खुलेपछि र सयौं यात्रुहरू ओहोरदोहोर गर्ने अवस्था सृजना भएको थियो ।

आजदेखि सडक खुलेको दैलेखका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका कतिपय स्थानमा सडक भासिएका छन् । केही स्थानमा पहिरो झरेकाे छ ।


Read Previous

चार महिनामा विद्युत निर्यात १ अर्ब युनिट, आम्दानी आठ अर्ब

Read Next

८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

Leave a Reply

Your email address will not be published.