Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र


भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको ८ वर्ष बितिसकेकाे छ । याे पुल निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने समय भइसके पनि अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे ।

काम सुरु भएकाे ८ वर्षमा पुलकाे निर्माण करिब ६० प्रतिशत पूरा भएकाे छ । कामले गति लिन नसकेपछि अहिले याे पुलकाे निर्माण अलपत्र अवस्थामा छ ।

बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काम अधुरो छाडेको छ । निर्माणका क्रममा याे पुल दुईपटक भत्किएकाे छ । निर्माणाधीन पुल भत्किँदा कामदारकाे मृत्यु समेत हुन पुगेकाे थियाे । केही कामदार घाइतेसमेत भएका थिए ।

पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए पनि त्यसकाे सुनुवाइ हुन सककाे छैन । प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा तथा निर्माणका क्रममा पुल दुईपटक भत्किएका कारण सम्पन्न गर्न ढिलाइ भएको पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताए ।

उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे । “निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौं”, उनले भने, “प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौं । तर, पुल निर्माणले गति लिन सकेन ।”

उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरुको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए ।  पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने चेतावनी पनि दिए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए । उनले ५ वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताए ।

देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताए । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उनले बताए । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र २ सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका ४ वटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका ३ वटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ २ वटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल निर्माण सम्पन्न भएर सञ्चालन हुनुपर्ने थियाे । तर, पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ ।

यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ । सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताए । उनले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताए ।

“भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्यो”, उनले भने, “यो विचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुल निर्माण सम्पन्न गर्न १९ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएकाे थियाे । निर्माण लम्बिएसँगै पुलकाे निर्माण लागत बढेर २१ करोड ६८ लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जनाएकाे छ ।


Read Previous

कर्णाली राजमार्गकाे अवराेध हटाउन समय लागेपछि वैकल्पिक मार्ग सञ्चालन 

Read Next

हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार

Leave a Reply

Your email address will not be published.