Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

यस्ता छन कुर्था-जयनगर रेल सञ्चालनका मुख्य ६ समस्या


काठमाडौं । सरकारले महोत्तरीको कर्थादेखि जनकपुर हुदै भारतको जयनगरसम्म दुई वटा रेल सञ्चालन गरिरहेको छ ।

कुल ३५ किलोमिटर दूरीमा २० चैत २०७८ देखि पछिल्लो पटक नियमित रेल सञ्चालन हुन थालेको हो । सरकारले २०६१ सालमा स्थापना गरेको नेपाल रेल्वे कम्पनी मातहत नै अहिले रेल सञ्चालन तथा व्यवस्थापनको काम हुँदै आएको छ ।

त्यसबाहेक धनुषाको कुर्थादेखि विजलपुरासम्मको १७ किलोमिटर रेलमार्ग निर्माणको काम आन्तिम चरणमा पुगेको छ । विजलपुरादेखि बर्दीबास (जहाँ पूर्व पश्चिम विद्युतीय रेलमार्गलाई छुन्छ) सम्म भने मुआब्जा वितरणमा ढिलाइ हुँदा अपेक्षित प्रगति भएको छैन ।

अहिले सञ्चालनमा रहेको रेल घाटामा छ । वार्षिक रेल्वे कम्पनीले गर्ने आम्दानी ७ करोड ६६ लाख रुपैयाँ मात्र छ ।

तर, रेल्वे कम्पनीका अनुसार रेल सेवा सञ्चालन र मर्मत सम्भार गरेवापत भारतीय रेल्वे कम्पनी कोंकनलाइ ४५ करोड रूपैयाँ, रेल्वे कम्पनीका कर्मचारीको वार्षिक तलब र भता ३ करोड र रेल्वे इन्धन वापतको वार्षिक खर्च २ करोड १० लाख रूपैयाँ रहेको छ ।

कुल खर्चबाट आम्दानी घटाउँदा ४२ करोड ४४ लाख रुपैयाँ घाटामा रहने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको भनाई छ । संसदको विकास तथा प्रविधि समितिले रेल सञ्चालनमा भएका समस्यालाई स्थलगत भ्रमण गरी प्रतिवेदन तयार गरेको छ । त्यस प्रतिवेदनअनुसार रेल सञ्चालनमा रहेका मुख्य ६ समस्याहरु यस्ता छनः

१) रेल्वे कम्पनीको आफ्नो तालिमप्राप्त जनशक्ति छैन । पदपुर्तिका लागि तयार पारिएको (ओ एण्ड एम) संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन नेपाल सरकारबाट स्वीकृत भएको छैन । जसको कारण भारतीय जनशक्तिलाई ठूलो रकम दिनुपरेको छ । त्यसले रेल सञ्चालन घाटा पुर्याउने मुख्य कारक बन्न पुगेको छ ।

२) रेल्वेको आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सञ्चालक समितिबाट स्वीकृत भएको छैन । सरकारले १५ जेटमा विनियोजन गरिसकेको बजेट पनि अझै स्वीकृत नहुँदा समस्या आएको छ ।

३) रेल्वेको आफ्नो वर्कशप, वासिङ सेन्टर र फ्युल स्टेशन नहुँदा अत्यधिक महंगो दरमा भारतबाट सेवा लिनुपर्ने वाध्यता रहेको छ । यसले पनि ठूलो परिमाणको रकम भारतलाई तिर्नुपरिरहेको छ । यसलाई न्यूनीकरण गर्ने हो भने देशभित्रै वर्कशप, वासिङ सेण्टर र फ्युल स्टेशन निर्माण गर्नुपर्नेछ ।

४) १४ पुष २०७८ देखि भारतीय रेल कम्पनी कोंकणसँग एक वर्षका लागि सम्झौता गरि सञ्चालनमा आएको रेल सम्झौता अवधि चार महिना भन्दा कम समय बाँकी रहेको छ । तर, यस अवस्थामा पनि  अब रेल कसरी सञ्चालन गर्ने स्पष्ट योजना नेपाली पक्षले बनाइएको छैन ।

५) रेलमार्गमा अवैधानिक बाटो निर्माण गरिएकोले यसबाट दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । यसलाई रोकिएन भने कुनै न कुनै दिन दुर्घटना हुन सक्नेछ । यसलाई रोक्नुपर्नेछ ।

६) रेल र रेलसँग सम्बन्धित संरचनाहरुको सुरक्षा भरपर्दो नरहेको, त्यसको समुचित प्रयोग नभएको साथै व्यवस्थापन पक्ष अत्यन्त कमजोर अवस्थामा रहेको पाइएको छ । यसमा सुधार गर्नु अत्यावश्यक देखिन्छ ।


Read Previous

मानव विकास सुचकांकमा झिनो सुधार, असमानतामा वृद्धि

Read Next

एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

Leave a Reply

Your email address will not be published.