Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

हरित पूर्वाधार परियोजनामा लगानी गर्नु,प्रतिफल लैजान समस्या हुँदैन: लगानी बोर्ड


काठमाडौं । लगानी बोर्ड नेपालले नेपालको हरित पूर्वाधार परियोजवनामा लगानी गर्न आग्रह गरेको छ । बोर्डले राजधानीमा भइरहेको पूर्वाधार सम्मेलन २०२२ मा सहभागी हुन आएका विभिन्न देशका लगानीकर्तालाई नेपालको हरित पूर्वाधारमा लगानी गर्न आग्रह गरेको हो ।

नेपालमा हरित पूर्वाधार परियोजना अगाडि बढाउन सबै निकायबाट सहजिकरण भइरहेको लगानी बोर्डका उपसचिव रमेश अधिकारीले बताए । ‘अहिले भनेको ग्रीन प्रोजेक्टमा लगानी गर्ने समय हो । यो क्षेत्रमा अथाह सम्भावना छ’, उनले भने ‘लगानी बोर्डले पनि हरित पूर्वाधार परियोजनामा लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ’

उनले विदेशी लगानी ल्याउने लगानीकर्ताले हरित पूर्वाधार परियोजनाबाट आर्जन गरेको मुनाफा सहजरूपमा लैजान सक्ने पनि बताए । ‘हाम्रा लागि सबै लगानीकर्ता समान हुन् । बोर्डले कसैलाई विभेद गर्दैन’ उनले भने ।

पूर्वाधारमा लगानी गर्दा स्थानीय बैंक तथा वित्तीय संस्थाबाट वित्तीय स्रोत जुटाउन पनि समस्या नहुने उनले स्पष्ट पारे । नेपालमा सहरी यातायात व्यवस्थापनमा बढ्दो चुनौतीसँगै अवसर पनि बढेको उनको भनाइ छ । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई बढी प्रोत्साहन गरिएको समेत उनले बताए ।

हरित ऊर्जाका पूर्वाधार परियोजना अन्तर्गत जलविद्युत, सौर्य विद्युत, बायोमास, जिओथर्मलमा लगानी गर्न सकिने सम्भावना नेपालमा रहेको बोर्डले जनाएको छ । लगानी बोर्डका परामर्शदाता द्वय प्रज्ञा अधिकारी र अक्षित पौडेलले नेपालमा हालसम्म भएका वैदेशिक लगानीको अवस्थाबारे सम्मेलनमा सहभागीलाई जानकारी दिए । उनीहरूले नेपालमा हालसम्मको विदेशी लगानीको अवस्था र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरी नेपालको पूर्वाधार क्षेत्रमा ‘ग्रीन कन्सेप्ट’ अबलम्बन गरिएको बताए ।

अहिले देशभर हरित पूर्वाधार परियोजनाकोरूपमा १० ठूला परियोजना विकासका लागि सहजिकरण भइरहेको पौडेलले बताए । उनका अनुसार ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजना, ३५० मेगावाटको ग्रीड कनेक्टेड सौर्य विद्युत परियोजना, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना बोर्ड अन्तर्गत अगाडि बढेका छन् ।

यस्तै, २५० मेगावाटको सौर्य विद्युत, २१६ मेगावाटको माथिल्लो त्रिशुली–१, ६६९ मेगावाटको तल्लो अरुण, ७५६ मेगावाटको तमोर जलाशय आयोजना पनि अगाडि बढेका छन् । ९ सय मेगावाटको अरुण तेस्रो निर्माणाधीन छ । ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना पनि निर्माणमा जाने तयारीमा छ । हरित ऊर्जा बाहेक पनि यातायातको क्षेत्रमा रेलमार्ग, द्रुतमार्ग, सुरुङमार्ग, केबलकार, बस -यापिट ट्रान्जिट र फ्लाइओभरमा समेत लगानीको सम्भावना बोर्डले देखाएको छ ।


Read Previous

पूर्वाधार विकासमा सरकार: नीति, रणनीति र कार्यान्वयनकाे अवस्था

Read Next

५० बढी आवेदनबाट ५ उत्कृष्ट आइडिया मास्टर छनाेट

Leave a Reply

Your email address will not be published.