Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

५० बढी आवेदनबाट ५ उत्कृष्ट आइडिया मास्टर छनाेट


काठमाडौं । ५० भन्दा बढी आवेदनबाट छनोट भएका  ५ जना उत्कृष्ट आइडिया मास्टरले नेपाल पूर्वाधार सम्मेलनमा  आफ्नो आइडिया प्रस्तुत गरेका छन् । ५० मध्येबाट १० छनाेट भएकाे र त्यसबाट पनि उत्कृष्ट ५ मा पर्न सफल आइडिया मास्टरले राजधानीमा भइरहेकाे पूर्वाधार सम्मेलनमा आफ्नो आइडिया प्रस्तुत गरेका हुन् ।

५ वटा मध्ये एउटा घर बनाउने, दुई वटा ट्राफिक व्यवस्थापन र दुई वटा हार्बेस्ट सम्बन्धी आइडिया प्रस्तुत  गरिएको थियो। सुमनराज भारतीले घर बनाउ डट कम आइडिया सेयर गरे । घर बनाउन अब झन्झट छैन। सामान किन्दा ठगिएला कि भन्ने डर पनि छैन। घर बनाउन आवश्यक प्रक्रियादेखि सबै सामान अनलाईन बजारमा पाइन्छ।

उनको आइडियाकाे गुणस्तरमा जजहरूले गुणस्तरमा प्रश्न उठाएका थिए । उनले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दावी गरे ।

जोसेप श्रेष्ठले हाइवे एण्ड एडप्टिक ट्राफिक म्यानेजमेन्ट कन्ट्रोल सिस्टम आइडिया सेयर गरेका छन् र। उनकाे आइडियाअनुसार डिभाइसमार्फत गाडीको अनुगमन गर्न सकिने थियो। जजहरूले सर्भिस पछिको सेवा र त्यसको कसरी उपयोग गर्ने भन्नेबारे प्रश्न उठाएका थिए ।

अर्का आइडिया मास्टर सौरभसिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गरेका गरे । त्यस्तै, कपिल अधिकारीले ट्राफिक ट्रयाकिङ सम्बन्धी आइडिया सेयर गरे  । उनले  तथ्यांक संकलन गरेर कहाँबाट कस्ता गाडी गइरहेका छन् भनेर ट्राफिक व्यवस्थापन गर्न सकिने बताए ।

पदम थापाले पनि ट्राफिक व्यवस्थापन सम्बन्धी आइडिया सेयर गरे । उनले  गाडीको चाप भएको क्षेत्रमा अटोमेटिक रूपमा ट्राफिक लाइट परिवर्तन गराउने आइडिया दिएका थिए । आइडिया मास्टर किरण गुरूङले धान रोप्ने मकै, कोदो काट्ने मेसिनको आइडिया प्रस्तुत गरे।

आइडिया मास्टरहरूको मूल्यांकनका लागि यातायात सचिव गोपाल प्रसाद सिग्देल सहित नेपाल ईन्जीनियर एसोसिएसनका अध्यक्ष हरिबहादुर दर्लामी, पूर्वाधार विज्ञ इञ्जियर कमलराज पाण्डे, आर्किटेक्चर राजेश थापा, आर्किटेक्चर तुक लाल अधिकारी, नेपाल उद्योग परिसंघ युवा उद्घमी मञ्च अध्यक्ष प्राची अग्रवाल, नेपाल ईन्जीनियर एसोसिएसनका पूर्व अध्यक्ष डा. हरेराम श्रेष्ठ र आइडिया स्टुडियोका अध्यक्ष डा. तेर्सिङ लामा हुनुहुन्थ्यो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरे ।  नेपाल पूर्वाधार सम्मलेन, २०२२ को दोस्रो दिन (शुक्रबार) को ‘इन्फ्राइस्टक्चर मार्केटप्लेस’ सत्रमा नयाँ आइडिया मास्टरहरूकाे  प्रस्तुतीपछि सचिव सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका हुन् ।

‘तपाईंहरू त्यस्तो आइडिया लिएर हामी कहाँ पनि आउनस् हामी लगानी गर्न तयार छौं,’ उनले भने । स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए ।

नयाँ पुस्तालाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उनले बताए । यस्तो कार्यक्रमले बजारमा नयाँ आइडिया सृजना गर्न मद्दत पुर्याउँने उनकाे भनाइ थियाे ।


Read Previous

हरित पूर्वाधार परियोजनामा लगानी गर्नु,प्रतिफल लैजान समस्या हुँदैन: लगानी बोर्ड

Read Next

सात प्रकारका परियोजनालाई हेजिङ सुविधा, २० प्रतिशतसम्म हेजिङ शुल्क सरकारले बेहाेर्ने

Leave a Reply

Your email address will not be published.