Nepal Purbadhar

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत परिचालन गर्नुपर्छः-विज्ञ


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेको चौंथो पूर्वाधार सम्मेलनमा बाेल्दै मन्त्री शर्माले ९० प्रतिशत खर्च गर्ने प्रवृत्तिले बचत बढ्न नसकेको बताए ।

‘बचत गर्ने संस्कार नहुँदासम्म पूर्वाधारको क्षेत्रमा लगानी बढ्न सक्दैन्,’शर्माले भने, ‘अब आन्तरिक स्रोतलाई पूर्वाधार क्षेत्रमा परिचालन गर्न पूँजी बजार र बीमालाई पनि पूर्वाधार निर्माणमा जोड्न लागेका छौं ।’ उनले पूर्वाधार निर्माणमा विदेशी लगानी ल्याउनु पर्ने  आवश्यक रहेको बताए ।

एसियाली विकास बैंक (एडिबी) का पूर्व उपाध्यक्ष विन्दु लोहनीले नेपालमा कूल ग्राह्स्थ उत्पादन (जीडीपी) को अनुपातमा पूर्वाधार क्षेत्रको लगानी एसिया प्रशान्त क्षेत्रमै न्यून भएको बताए । ‘नेपाल उद्योग परिसंघसँगको सहकार्यमा गरेको अध्ययनमा नेपालमा पुर्वाधारको अन्तर कम गर्न ३१ अर्ब अमेरिकी डलर लगानी गर्न आवश्यक रहेको पाएका थियौं,’ लोहनीले भने, ‘उक्त आवश्यकता पूरा गर्न आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले विभिन्न स्रोत प्रयोग गर्दै विदेशी लगानी ल्याउनै पर्छ ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकले अस्थिर प्रकृतिको निक्षेपबाट दिर्घकालिन कर्जा लगानी गर्न नसक्ने भएकाले डिभेन्चरलगायका अन्य स्रोतबाट रकम जुटाउनुपर्ने बताए । ‘हामीले दीर्घकालिन लगानीको ब्याजदर स्थिर राख्ने नीतिगत व्यवस्था गरेकाछौं ’ मिश्रले भने, ‘ठूला पूर्वाधार आयोजनामा लगानी गर्न सकियोस् भनेर ठूलो बैंक बनाउन खोजिएको हो । कोर क्यापिटलको शतप्रतिशत बण्ड जारी गर्न सकिने व्यवस्था गरिएको हो ।’

स्ट्याण्डर्ड चाटर्ड बैंकको दक्षिण एसिया र एसियान क्षेत्रमा सार्वजनिक क्षेत्रका संस्था प्रमुख जेसन भिंगले कुनै पनि देशले क्रेडिङ रेटिङ गर्दैमा विदेशी लगानी बढाउन नसक्ने बताए ।  ‘सरकार र केन्द्रीय बैंकले पारदर्शी प्रणाली बनाउन सक्नुपर्याे’ भिंगले भने, ‘कुन देशले कस्तो पूर्वाधार बनाउने भन्ने विषयमा राष्ट्रिय पूर्वाधार नीति आवश्यक हुन्छ । प्रष्ट नीति बन्यो भने कुन स्रोतबाट वैदेशिक लगानी ल्याउने भन्ने योजना बनाउन सजिलो हुन्छ ।’

इण्डियन इन्फ्रास्ट्रक्चर फाइनान्स कम्पनीका नायव महाप्रबन्धक राजीवकुमार  गुप्ताले पूर्वाधार निर्माण गर्ने कम्पनीलाई सस्तो ब्याजदरमा दीर्घकालिन कर्जा दिनुपर्ने बताए । ‘हामीले भारतमा पूर्वाधार निर्माणमा लगानी गर्ने कम्पनीलाई विभिन्न स्रोतबाट फण्ड जुटाएर स्रोत सुनिश्चित गर्ने गरेका छौँ’ उनले भने ‘दीर्घकालिन कर्जा दिने प्रणाली विकास नहुँदासम्म पूर्वाधारमा लगानी बढ्न सक्दैन् ।’

नेपाल उद्योग परिसंघको पूर्वाधार समिति सभापति आशीष गर्गले नेपालका बैंक तथा वित्तीय संस्थाले फिक्स ब्याजदरमा लामो अवधीको कर्जा दिन नसकेको बताए । ‘प्रोजेक्ट फाइनान्नसिङमा समस्या छ । जलविद्युतमा विदेशी लगानी ल्याउन सकेका छैनौं । सरकारले पीपीपी मोलडमा आयोजना विकास गर्ने भनेको छ । तर, जोखिममा कुनै सहकार्य छैन् । गर्गले भने ’

कार्यक्रम विज्ञहरूले ग्रीन बण्ड, प्रोजेक्ट फाइनान्सिङ, डाइरेक्ट लेण्डिङ, शेयर लगानीलगायतका विभिन्न विकल्प प्रयोग गर्दै विदेशी लगानी ल्याउनुपर्ने सुझाव दिएका छन् ।


Read Previous

पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

Read Next

बस्न लायक सहर कसरी बनाउने ?

Leave a Reply

Your email address will not be published.