Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मध्यपहाडी राजमार्गको १८७९ किमिमध्ये ६७ प्रतिशत सडकमा कालोपत्रे


काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको कूल १ हजार ८७९ किलोमिटर सडकमध्ये १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । यो आयोजनाको कूल लम्बाईको ६७ प्रतिशत हो । कालोपत्रे भएको सडकमध्ये ७९७ किलोमिटर आयोजना कार्यालयबाट र ४६२ किलोमिटर भने अन्य निकायमार्फत कालोपत्रे भएको हो ।

विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार आयोजनाको अझै ६२० किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ । त्यसमध्ये पनि सडक विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा ४१५ किलोमिटर सडक निर्माणाधीन रहेको छ । त्यस्तै, २०५ किलोमिटर लम्बाईको भने ठेक्का लाग्न बाँकी छ ।

आयोजनाका ९३ पुल निर्माण सम्पन्न

सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार कुल १३७ पुल यो आयोजनाअन्तर्गत निर्माण गर्नुपर्नेछ । त्यसमध्ये ९३ वटा सम्पन्न भएका छन् ।

त्यस्तै २५ वटा पुल निर्माणाधीन रहेका छन् । तीमध्ये धेरै पुल चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । बाँकी १९ पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

आयोजनामा अहिलेसम्म करिब ५९ अर्ब खर्च

मध्यपहाडी राजमार्गमा गत असारसम्ममा ५८ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लागतको ६९ दमलव ७९ प्रतिशत हो । आयोजनाको कुल लागत अनुमान भने ८४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यो संसोधित अनुमान हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने समयावधी तय गरे पनि आयोजना सम्पन्न हुने अवस्था भने छैन । आयोजनाको म्याद थप गर्ने तयारी छ ।

गत आबमा भौतिक प्रगति लक्ष्यभन्दा न्यून

मध्यपहाडी राजमार्गमा गत आर्थिक वर्षमा ३४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । जवकि वर्षको अन्त्यमा १४६ किलोमिटर मात्र सडक कालोपत्रे भयो । त्यस्तै, हरेक महिना २ वटा पुल पर्ने गरी २४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा वर्षभरीमा ३ वटा पुलमात्र सम्पन्न भएका छन् ।

आयोजनाले चौथो त्रैमासिकमा मात्र १४८ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएकोमा ६९ किलोमिटर मात्र कालोपत्र भयो । त्यस्तैगरी १० वटा पुल सम्पन्न गर्ने लक्ष्यमा पनि धक्का लागेको छ । त्यो अवधिमा एउटा मात्र पुल सम्पन्न भएको छ ।

आयोजनाको लागि गत आर्थिक वर्षमा ६ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ खर्च गर्ने गरी विनियोजन गरिएको थियो । तर, आर्थिक वर्षको अन्तमा ५ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ मात्र खर्च गर्न सफल भएको थियो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले गत आर्थिक वर्षमा कोभिडकोको असर, प्रतिस्थापन विद्येयक, निर्माण व्यवसायीको ‘कन्स्ट्रशन होली डे’ जस्ता कारणले पनि अपेक्षित प्रगति हुन नसकेको बताए ।


Read Previous

भारतका सडक यातायात राज्यमन्त्री जनरल सिंहलाई पूर्वाधार सम्मेलनमा सहभागी हुन निमन्त्रणा

Read Next

प्राधिकरणले सशस्त्रसँगको सहकार्यमा १७ चार्जिङ स्टेसन बनाउने,विद्युतीय चुलो उपयाेग गर्न समझदारी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *