Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

२५ सय सर्किट किलोमिटरका साढे ३ दर्जन प्रसारण लाइन निर्माणमा जाँदै


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे ३ दर्जन उच्च क्षमताका विद्युत प्रसारण लाइन आयोजना निर्माणमा लैजाँदैछ । प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधार गर्ने एवं आफ्ना र निजी क्षेत्रले निर्माण गर्ने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले ४२ वटा प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरेको हो ।

विभिन्न जिल्लामा निर्माण प्रस्ताव गरिएका यी प्रसारण लाइन आयोजना ४०० केभी, २२० केभी र १३२ केभी क्षमताका भएको प्राधिकरणले जनाएको छ । प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत अघि बढ्न लागेका यी प्रसारण लाइन सम्पन्न हुँदा ४ हजार ७ सय ३१ सर्किट किलोमिटर बराबरको प्रसारण संरचना तयार हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रसारण निर्देशनालय अन्तर्गत २८ प्रसारण लाइन आयोजना निर्माणमा जाँदैछन् । प्रसारण निर्देशनालय अन्तर्गत अघि बढ्न लागेका यी प्रसारण लाइन आयोजना २४ सय ९१ सर्किट किलोमिटर बराबरको छ ।

यी मध्ये ४०० केभी क्षमताका प्रसारण लाइन आयोजना ६ वटा छन् । ४०० केभी उच्च क्षमताका प्रसारण लाइन आयोजनाको कूल लम्बाई १ हजार ९० सर्किट किलोमिटर छ ।

यस्तै, प्रसारण निर्देशनालय अन्तर्गत नै २२० केभी क्षमताका ४ वटा प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको छ । यी प्रसारण लाइन आयोजना २५१ सर्किट किलोमिटरका छन् । सबैभन्दा बढी १३२ केभी क्षमताका १८ वटा प्रसारण लाइन आयोजना निर्माणमा जाने तयारी अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ । १३२ केभी क्षमताका यी प्रसारण लाइन आयोजनाको कूल लम्बाई ११ सय ५० सर्किट किलोमिटर छ ।

आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत पनि २४ सय ४० सर्किट किलोमिटरका १४ प्रसारण लाइन आयोजना निर्माणमा जाँदैछन् । जसमा ४०० केभी क्षमताका ९ प्रसारण लाइन आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ । यी प्रसारण लाइन आयोजना १ हजार ९ सय २० सर्किट किलोमिटर लम्बाईका छन् ।

यस्तै, १३२ केभी क्षमताका ५ प्रसारण लाइन आयोजना यो निर्देशनालयले अगाडि बढाउँदैछ । यी प्रसारण लाइन आयोजनाको लम्बाई ३२० सर्किट किलोमिटर रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुवै निर्देशनालय अन्तर्गत निर्माण प्रस्ताव गरिएका यी प्रसारण लाइन आयोजना अहिले अध्ययनको विभिन्न चरणमा छन् ।

प्रसारण निर्देशनालय
४०० केभी प्रसारण लाइन सर्किट किलोमिटर
१. केरुङ–चिलिमे हब–रातमाटे १४०
२. भेरी कोरिडोर ५०
३. अरुण–इनरुवा–अनारमनी ४६०
४. अरुण–दूधकाेसी–तिङ्ला २३०
५. दूधकाेसी–ढल्केबर १७०
६. न्यू बुटवल–गाेरखपुर ४०
२२० केभी प्रसारण लाइन
१. गल्छी–रातमाटे ३४
२. लेखनाथ–दमाैली ९०
३. धाैवडी फलाम उद्येग २१

स्राेतः नेपाल विद्युत प्राधिकरण

आयोजना व्यवस्थापन निर्देशनालय
४०० केभी प्रसारण लाइन सर्किट किलोमिटर
१. निजगढ–हेटाैंडा १५०
२. न्यू बुटवल–लमही ३००
३. लमही–न्यू काेहलपुर १८०
४. न्यू काेहलपुर–दाेधारा १९०
५. दाेधारा–न्यू अत्तरिया १८०
६. तिङ्ला हब–लिखु हब–न्यू खिम्ती ११०
७. न्यू खिम्ती–तामाकाेसी–३–सुनकाेसी हब–ढल्केबर २२०
१. बूढीगण्डकी काेरिडेर १९०
२. दमाेली–कुस्मा–बुर्तिबाङ–बफिकाेट ४००
३. धाैवडी फलाम उद्येग २१
१३२ केभी प्रसारण लाइन
१. छिन्चु–सुर्खेत ५०
२. दैलेख–कालीकाेट–जुम्ला १५०
३. लामाेसाँघु–रामेछाप ८०
४. चाेभार–लगनखेल १०
काेहलपुर–नेपालगन्ज २०

स्राेतः नेपाल विद्युत प्राधिकरण


Read Previous

पश्चिम सेती र सेती नदी-६ निर्माण गर्न एनएचपिसीसँग समझदारी,२ वर्षमा अध्ययन सक्नु पर्ने

Read Next

कोइरालाकाे नेतृत्वमा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे नयाँ कार्यसमिति चयन

Leave a Reply

Your email address will not be published.