Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

सहायक कम्पनीको १२३५ प्रतिशत र निजी क्षेत्रको साढे ३८ प्रतिशत विद्युत उत्पादन वृद्धि


काठमाडौ । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुबाट उत्पादन हुने विद्युत १२३५.१५ प्रतिशत र निजी क्षेत्रबाट ३८.५७ प्रतिशतले उत्पादन वृद्धि भएको छ । तर विद्युत स्वयं विद्युत प्राधिकरणको उत्पादन भने गत बर्ष पनि शुन्य प्रतिशत छ ।

अघिल्लो बर्ष प्राधिकरणले बर्षाको समयमा बिजुली खेर गएको बताउँदै आएको भएपनि बुधबार सार्वजनिक गरिएको विद्युत प्राधिकरणको ३७ औ बार्षिक प्रतिवेदनमा यसबारे उल्लेख छैन ।

प्राधिकरणका अनुसार, सहायक कम्पनीबाट अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ८० लाख युनिट विद्युत प्राधिकरणले प्राप्त गरेकोमा गत बर्ष १ अर्ब ९७ करोड पुगेको छ । जुन ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माणसँगै सम्भव भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, यही कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ प्रतिशत आयात घटेको छ । अघिल्लो बर्षमा २ अर्ब ८० करोड युनिट रहेकोमा अहिले भारतबाट १ अर्ब ५४ करोड आयात भएको छ ।

यसैगरी निजी क्षेत्रले अघिल्लो बर्ष ३ अर्ब ९ करोड युनिट विद्युत उत्पादन गरेकोमा ३८.५७ प्रतिशतले बढेर ४ अर्ब २८ करोड पुगेको छ । गत आर्थिक बर्षमा ७१७ मेगावाट जलविद्युत आयोजना सम्पन्न भएर निजी क्षेत्रको योगदान १५३२ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका सहायक कम्पनीमार्फत उत्पादन भएको ४७८ मेगावाटलाई समेत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) गर्ने हुनाले निजी क्षेत्रको आयोजनाको रुपमा समावेश गरेको छ । हाल विद्युतको जम्मा क्षमता भने २१ सय मेगावाट छ ।

प्राधिकरणका अनुसार, कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरण तथा यसका सहायक कम्पनीहरुको योगदान ४७.३२ प्रतिशत छ भने निजी क्षेत्र र भारतबाट खरिद गरिएको विद्युत योगदान ३८.७४ प्रतिशत र १३.९४ प्रतिशत छ ।

प्राधिकरणले अघिल्लो आर्थिक बर्षमा ७ अर्ब २७ करोड युनि बिजुली स्वदेशमा खपत भएकोमा २१.२८ प्रतिशतले बढेर ८ अर्ब ८२ करोड पुगेको छ भने भारतर्फको निर्यात समेत ४ करोड ४० लाख युनिटबाट बढेर ४९ करोड ३० लाख पुगेको छ ।

प्राधिकरणका अनुसार अघिल्लो आर्थिक बर्षमा ८ अर्ब ८५ करोड युनिट बिजुली राष्ट्रिय प्रसारणमा उपलब्ध भएकोमा २५ प्रतिशतले बढेर ११ अर्ब ६ करोड पुगेको छ ।


Read Previous

प्राधिकरण कर्मचारी संघको नेतृत्व ‘रिक्त’

Read Next

नेपालको पूर्वाधार विकास र निजी क्षेत्रको न्यून सहभागिता

Leave a Reply

Your email address will not be published.