Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

नारायणघाट–मुग्लिङ सडक दुइतर्फी सुचारू, पुलमाथि पानी जमेकाले आवतजावतमा अझै कठिनाइ


काठमाडौं । नारायणघाट–मुग्लिङ सडक सुचारु भएको छ । अहिले सडक खुलेपनि पुलमाथि पानी जमेको छ । यसले गर्दा सवारी साधनलाई आवातजावत गर्न कठिनाइ छ ।

सोमबार राति ११ बजेदेखि माथिल्लो सतहबाट बगेर आएको लेदोको कारण अवरुद्ध भएको सडक मंगलबार बेलुका ९ बजेदेखि सुचारु भएको हो । पानी जम्नबाट रोक्न पुलमाथि जमेको लेदोलाई हटाउनुपर्छ । ‘तर, अहिले लेदो हटाउँदा सडक झन अवरुद्ध हुने भएकाले ट्राफिक घटेपछि हटाउने तयारी गरेका छौं’ सडक डिभिजन भरतपुरका इञ्जिनिर सागर कार्कीले भने ।

सडकको केराबारीस्थित मौरी पुलको माथिल्लो सतहबाट लेदो बगेर जाँदा सडक अवरुद्ध भएको थियो । मंगलबार विहान ४ बजेदेखि सडक सफा गर्यौ, बेलुका दुइतर्फी आवतजावत गराउन सफल भयौंं’ इञ्जिनिर कार्कीले भने ।

डिभिजल कार्यालयले ४ वटा मेसिन लगाएर लेदो सफा गरेको थियो । एउटा एक्जाभेटर, दुई वटा लोडर, एउटा जेसिबी र दुई वटा टिपर प्रयोग गरिएको थियो ।

 


Read Previous

१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)

Read Next

जलविद्युतमा ‘क्यू’ भनेको के हो ?

Leave a Reply

Your email address will not be published.