Nepal Purbadhar

नेपालमै पहिलो पटक आयोजित ‘ट्र्याक कार्टिङ’ प्रतियोगितामा कोर्निभा महर्जन विजयी


काठमाडौं । नेपालमै पहिलो पटक आयोजना भइरहेको ‘फर्मुला वान इन स्कूल्स’ कार्यक्रम अन्तर्गत ‘स्कुल्स टु ट्र्याक कार्टिङ’ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनीयरिङ कलेजले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता शनिबार अबेर हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न भयो । ट्र्याक कार्टिङ भन्नाले मोटर रेस सम्बन्धी आधारभुत खेल हो । यो विद्यालय तहमा खेलिन्छ । यो खेलको अन्तिम अवस्था भने ‘फर्मुला वान’ प्रतियोगिता हो ।

कार्ट्स रेसिङ प्रतियाेगितामा कोर्निभा महर्जन विजयी भएकी छन् । बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको प्रतियोगितामा कोर्निभाले २४. २३ सेकेन्डमा ल्याप पुरा गरिन् । दोश्रो स्थान हासिल गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् । विजयी तिनै जना न्याथम (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान) को तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनीयरिङ कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको सहभागीता रहेको फर्मुला वान इन स्कूल्स नेपालका कोर्डिनेटर, सुयोग खनालले बताएका छन् ।

प्रतियोगिताको सुरुवातमा एफआइए वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम दिएका थिए ।,


Read Previous

यस्ता छन् मौद्रिक नीति २०७९/८० मा उल्लेखित ९ महत्त्वपूर्ण व्यवस्थाहरु

Read Next

बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने