Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारी पहिलो


काठमाडौं । शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्ड सिलालम ’मा डिगविजय अधिकारीले जितेका छन । बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरे ।

वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ, एफ आइ ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरे ।

पुरस्कार वितरण संगै राखेप सदस्य सचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनक लयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेशन दिएका थिए ।


Read Previous

नागरिक लगानी कोषले घोराही सिमेन्टकाे शेयर प्रत्याभूति गर्ने

Read Next

२८ वर्षमा ८ हजार ७५ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र जारी

Leave a Reply

Your email address will not be published.