Nepal Purbadhar

नागरिक लगानी कोषले घोराही सिमेन्टकाे शेयर प्रत्याभूति गर्ने


काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेण्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरे ।

घोराही सिमेण्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको शेयरको प्रत्याभुति गर्ने छ ।

घोराही सिमेण्टले प्रति शेयरको परल मुल्य १ सय रुपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी ४ सय ३५ रुपैयाँ निर्धारण गरेको छ ।


Read Previous

विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

Read Next

कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारी पहिलो