
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना दिए।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे।

