
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पहाडी क्षेत्रहरु सामानहरु ढुवानीका लागि रोपवेको विकास गर्नुपर्ने बताएका छन् ।
रोयल सिङ्गी होटल इन्जिनियरहरुले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बाढी पहिरोका कारण सबै राजमार्ग बन्द हुने समस्या देखिएकाले रोपवेको विकास गर्नुपर्ने बताए । ‘बाढी पहिरोले सबै राजमार्ग बन्द हुने अवस्था देखियो । काठमाडौं आउने राजमार्ग हालैको बाढीले सबै बन्द भए,’ शाक्यले भने, ‘कम्तीमा रोपवे सम्म भएको भए सामानहरु भएपनि ओसारपसार गर्न सकिन्थ्यो ।’ उनले खास गरी पहाडी क्षेत्रमा रोपवेको विकास गर्नुपर्ने बताए । नेपालका अधिकांश भागहरु पहाडी भएका कारण उपयुक्त हुने निष्कर्ष उनको छ ।
दिर्घकालमा ट्रान्सपोर्टको मल्टिमोडमा जानुपर्ने भएपनि अहिले रोपवेको विकास गर्नुपर्ने बताए ।

