Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पूर्वाधार संरचना र आर्थिक विकास


गोपीनाथ मैनाली

विकास उपलव्ध प्राकृतिक स्रोत, मानव संशाधन, पूँजी अनि प्रविधिको अभ्यासमा निर्भर गर्दछ । पूर्वाधार संरचनाको विकास र विस्तारले यी चारै प्रकारका स्रोत साधनलाई एक आपसमा जोडी आर्थिक गतिविधि बढाउन सहयोग गर्छ । त्यसैले विकासको शुरुवाती दिनमा सवैजसो मुलुकले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने गर्दछन् । नेपालले पनि आवधिक योजना शुरुदेखि भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । सर्वसाधारण र जनप्रतिनिधिका बुझाईमा त पूर्वाधार नै विकासको महत्वपूणर् सूचक पनि हो ।

सामान्यतः सडक सञ्जाल, विमानस्थल, खानेपानी तथा सरसफाइ, दूरसंचार, सिचाइ संरचना, विद्युतगृह तथा प्रसारण लाइनलाई पूर्वाधार अन्तर्गत लिने गरिन्छ, । कार्यात्मक रुपमा भन्दा सेवा तथा वस्तु उत्पादनमार्फत आर्थिक, सामाजिक गतिशीलता प्रवद्र्धनका लागि आवश्यक हुने संरचनागत आधार नै पूर्वाधार हुन् । पूर्वाधारबाट नै उपलव्ध स्रोत तथा संभावनाको उपयोग, बाह्य संभावनाको दोहन र विकासलाई दिगो बनाउन सकिन्छ ।

प्रश्न उठ्न सक्छ, के हो पूवाधार ? कुनै पनि प्रणाली वा अर्थतन्त्र सञ्चालनका लागि नभै नहुने संरचना नै पूर्वाधार हुन् । सामान्यतः सडक सञ्जाल, विमानस्थल, खानेपानी तथा सरसफाइ, दूरसंचार, सिचाइ संरचना, विद्युतगृह तथा प्रसारण लाइनलाई पूर्वाधार अन्तर्गत लिने गरिन्छ, । कार्यात्मक रुपमा भन्दा सेवा तथा वस्तु उत्पादनमार्फत आर्थिक, सामाजिक गतिशीलता प्रवद्र्धनका लागि आवश्यक हुने संरचनागत आधार नै पूर्वाधार हुन् । पूर्वाधारबाट नै उपलव्ध स्रोत तथा संभावनाको उपयोग, बाह्य संभावनाको दोहन र विकासलाई दिगो बनाउन सकिन्छ ।

जेफ्री डेल्मनका अनुसार कमजोर पूर्वाधारले राष्ट्रिय आर्थिक वृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई साघुर्‍याँउछ, अपर्याप्त पूर्वाधारले कमजोर जीवनस्तर, रोग र मृत्युलाई समेत प्रतिनिधित्व गर्दछ । पूर्वाधार संरचनाले आर्थिक वृद्धिलाई सहज बनाइ गरिबी घटाउन र आधारभूत सेवा प्रवाह गर्न सजिलो पार्दछ ।सबैजसो विकसित तथा उदीयमान अर्थतन्त्र पूर्वाधारको प्राथमिकताका कारण नै अहिलेको अवस्थामा पुगेका हुन् । रोष्टोको आर्थिक विकासको ढाँचा अनुसार विकासको ‘टेक अफ’ (उडान लिन बेला) चरणका लागि पूर्वाधारको विस्तार पहिलो शर्त हो ।

कोरियाको पार्क चुङ ही र सिङ्गापुरको ली क्वान यूको व्यावहारिक मोडेल किन नहोस, विकासको शैैशवस्थालाई उठ्न सक्ने (टेक अफ) चरणमा पुर्‍याउने काम पूर्वाधार संरचना विस्तारमा गरिएको लगानीले नै सम्भव तुल्याएको थियो । बोल्सेभिक क्रान्ति पछिको सोभियत संघ विकासको मोडेल अर्को अर्थमा पूर्वाधार संरचना विस्तारको मोडेल थियो । सत्तरीको दशकपछि देङको नेतृत्वमा चीनले अघि सारेको आर्थिक विकासको ढाँचामा पनि पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकता दिइएको पाइन्छ ।

सन् २०२२ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोच पूरा गर्नका लागि आर्थिक बृद्धि पहिलो शर्त हो भने आर्थिक वृद्धिका लागि पूर्वाधार संरचना विस्तार आधार शर्त हुन् । उत्पादन तथा आपूर्ति प्रणाली व्यवस्थित बनाउन पनि भौतिक पूर्वाधार पहिलो शर्त हो । अर्को शव्दमा भन्दा मुलुकको आर्थिक सामाजिक रुपान्तरण पूर्वाधार संरचना विस्तारविना गर्न नै सकिदैन ।

यूरोपले औद्योगिक क्रान्ति पूर्व नै यातायात तथा आपूर्ति संरचनामा गरेको व्यापक लगानीले यूरोपलाई आजको स्थानमा पुर्‍याएको हो । यसर्थ पूर्वाधार विकास आर्थिक वृद्धिको पहिलो साँचो हो । कुनैपनि मुलुकमा निर्मित पूर्वाधार संरचना र त्यसको गुणस्तरले विकासको स्तर मापन गर्दछ । न्यून स्तरको पूर्वाधारले जीवन प्रणालीको न्यून गुणस्तर र उच्च जोखिमको प्रतिनिधित्व गर्दछ ।

नेपाल भौगोलिक विकटता भएको मुलुक हो । आर्थिक विकासका लागि मात्र होइन, सामान्य नागरिक सेवा वितरणका लागि पनि भौतिक पूर्वाधार महत्वपूणर् मानिन्छ । सामाजिक एकीकरण र रााष्ट्रिय विकासलाई पनि पूर्वाधार संरचनाले सहज पार्छ ।

सन् २०२२ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोच पूरा गर्नका लागि आर्थिक बृद्धि पहिलो शर्त हो भने आर्थिक वृद्धिका लागि पूर्वाधार संरचना विस्तार आधार शर्त हुन् । उत्पादन तथा आपूर्ति प्रणाली व्यवस्थित बनाउन पनि भौतिक पूर्वाधार पहिलो शर्त हो । अर्को शव्दमा भन्दा मुलुकको आर्थिक सामाजिक रुपान्तरण पूर्वाधार संरचना विस्तारविना गर्न नै सकिदैन ।

नेपालमा पूर्वाधार विकासका कतिपय क्षेत्रमा उल्लेख्य उपलव्धि हासिल भएका छन् । योजनावद्ध विकासको थालनी हुँदा मुलुकमा सवै प्रकारको गरी ११७ किलोमिटर मोटर बाटो रहेकोमा अहिले सवै याममा मोटर चल्ने ९५५९६ किलोमिटर सडक निर्माण भैसकेको छ । रणनीतिक र फिडर गरी २५९ सडकहरु यातायातका दृष्टिमा विशेष महत्व राख्दछन् । त्यस्तै हालसम्म २२५० मोटरयोग्य पुल तथा ६ हजारभन्दा धेरै झोलुङ्गे पुलहरु निर्मित छन् । प्रत्येक आर्थिक वर्षमा तीनै तहका सरकार सडक यातायातलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएका छन् । हुम्ला बाहेकका सवै जिल्ला र ७३२ स्थानीय पालिकाहरु मोटर सञ्जालमा आवद्ध छन् ।

नेपालमा अहिले पनि करिव ८० प्रतिशत ऊर्जा आपूर्ति परम्परागत स्रोतबाट नै उपयोग गरिदै आएको छ, जसका कारण वातावरण विनास र जीवन प्रणालीमा चुनौती थपिएको छ । तर समाज तथा अर्थतन्त्र क्रमशः ऊर्जा सघन बन्दैछ । प्रत्येक वर्ष विद्युत मागको आयतन बढ्दैछ, वितरण क्षमता अपेक्षित बढेको छैन ।

तर प्रशस्त संभावना भएर पनि आधुनिक उर्जाको उपयोग गर्न नेपालीहरु पछि परेका छन् । ६ हजार जति नदीनालामा वार्षिक २२४.३ अर्व घनमिटर पानीको बहावका कारण नेपालमा जलविद्युतको संभावना प्रचुर छ । तर जलविद्युत विकासको १९६८ देखिको ११० वर्षे यात्रामा २२०५ मेगावाट (तापीय ५३.४, जल २०२२, सौर्य ४९, वैकल्पिक ७४ र चिनीमिलबाट ६ मेवा) जडित क्षमता मार्फत उत्पादित विद्युतबाट ९४ प्रतिशत घरपरिवार आधुनिक उर्जाको पहुँचमा पुगेका छन् ।

नेपालमा अहिले पनि करिव ८० प्रतिशत ऊर्जा आपूर्ति परम्परागत स्रोतबाट नै उपयोग गरिदै आएको छ, जसका कारण वातावरण विनास र जीवन प्रणालीमा चुनौती थपिएको छ । तर समाज तथा अर्थतन्त्र क्रमशः ऊर्जा सघन बन्दैछ । प्रत्येक वर्ष विद्युत मागको आयतन बढ्दैछ, वितरण क्षमता अपेक्षित बढेको छैन ।

नेपालका नदी तथा जालधार प्रणालीलाई उपयोग गरेर सिचाइ प्रणाली विकास गर्न सकिन्छ । कूल कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टरमध्ये सतह तथा भूमिगत सिचाइ प्रणालीबाट करिव १५ लाख १२ हजार हेक्टरमा सिचाई पूर्वाधार विस्तार गरिएको छ । तर ३६ प्रतिशत कमाण्ड क्षेत्रमा वाहेक अन्यत्र सवै समयमा सिचाई सेवा पुर्‍याउने सकिएको छैन । आधारभूत तहको खानेपानी तथा सरसफाइ सेवाको पहूच क्रमशः ८९ र ९९ प्रतिशत जनतामा मात्र पुगेको छ ।

तर सूचना सञ्चार पूर्वाधार क्षेत्रमा भने उदार नीति र निजी क्षेत्रको संलग्नताले उत्साहजनक सेवा विस्तार भएको छ । अहिले सवै प्रकारका गरी करिब ४ करोड ३० लाख लाइन टेलिफोन वितरण भै टेलिफोन घनत्व १३९ पुगेको छ भने इन्टरनेट घनत्व ११६ पुगेको छ । छोटो अवधिमा यो उल्लेख्य उपलव्धि हो ।

आँकडाको विश्लेषण गर्ने हो भने नेपालमा विद्युत बाहेक अन्य पूर्वाधार संरचनाले विस्तारको चरण पार गर्न लागेको भान हुन्छ । तर स्थिति त्यसो भनी हाल्न हुने खालको होइन, सेवा उपयोग र गुणस्तरको दृष्टिकोणमा सुधारका प्रशस्त संभावनाहरु देखिएका छन् । सडक तथा विमानस्थलको अवस्था जाोखिमयुक्त छ । निर्मित सडक, पुल तथा विमानस्थलहरु मर्मत, सुधार, पुनस्र्थापना र संरक्षणका पखाईमा छन् । उल्लेख्य प्रगति भएको सूचना सञ्चारको क्षेत्रको पहूच अनुरुप सेवास्तर छैन, सेवा प्रदायकहरुको प्रतिस्पर्धा बढ्दै छ ।

चालु आवधिक योजना अवधिभित्र सवै जनसंख्या टेलिफोन सेवामा आवद्ध भैसक्ने लक्ष्य पूरा हुनेतर्फ छ । ६ वटा टेलिफोन सेवा प्रदायकले टेलिफोन सेवा विस्तारमा क्रियाशील छन् । ६३८ पालिकामा ब्रोडव्याण्ड इन्टेर पहूच पुगेको छ । केही दशक अघिसम्म रेडियोको पर्यायका रुपमा रेडियो नेपाल थियो, अहिले मुलुकभरि ६५० एफएम प्रसारणमा छन् भने ११७ टेलिभिजन च्यानलले नियमित प्रशारण गरिहेका छन् । दर्जनौ केवल र डिजिटल टेलिभिजन प्रशारण र इन्टरनेट प्रदायकले नेपाली समाजलाई विश्वको अर्को कुनासम्म सहजै पुर्‍याएको छ ।

आँकडाको विश्लेषण गर्ने हो भने नेपालमा विद्युत बाहेक अन्य पूर्वाधार संरचनाले विस्तारको चरण पार गर्न लागेको भान हुन्छ । तर स्थिति त्यसो भनी हाल्न हुने खालको होइन, सेवा उपयोग र गुणस्तरको दृष्टिकोणमा सुधारका प्रशस्त संभावनाहरु देखिएका छन् । सडक तथा विमानस्थलको अवस्था जाोखिमयुक्त छ । निर्मित सडक, पुल तथा विमानस्थलहरु मर्मत, सुधार, पुनस्र्थापना र संरक्षणका पखाईमा छन् । उल्लेख्य प्रगति भएको सूचना सञ्चारको क्षेत्रको पहूच अनुरुप सेवास्तर छैन, सेवा प्रदायकहरुको प्रतिस्पर्धा बढ्दै छ । खानेपानी सेवा संरचना ५५ प्रतिशत जति ठूलो मर्मत वा पुनस्र्थापनाका आवश्यकतामा छन् । विद्युत क्षेत्रको स्थिति निकै कमजोर छ ।

अल्पविकसित मुलुकमा पूर्वाधारमा लगानी भन्ने वित्तिकै सरकारको भूमिका स्वाभाविक रुपमा देखिने गर्दछ । सूचना तथा प्रविधिका क्षेत्रमा निजीक्षेत्रको लगानी उल्लेख्य भएपनि ठूला लोकमार्ग, विद्युतगृह, पुल, विमानस्थल र प्रशारण लाइनमा सार्वजनिक क्षेत्रको लगानी उल्लेख्य छ । वाषर््िाक झण्डै सवा खर्व रुपैयाँ जति प्रत्यक्ष रुपमा पूर्वाधार विकासमा सरकारी लगानी भैरहेको छ । परम्परागत रुपमा पूर्वाधारमा लगानी भन्ने वित्तिकै सरकारी बजेटमार्फत हुने लगानी (करं वैदेशिक सहायता विनियोजन) भन्ने बुझिन्छ । तर नेपालमा पूर्वाधारको माग यति बढी छ कि सरकारी लगानीले मात्र माग पूरा गर्न सक्ने सम्भावना नै देखिदैन । पहाडी भूधरातलका कारण सिंचाइ, पुल, वस्ती विकास जस्ता पूर्वाधार संरचनाको लागत पनि तुलनात्मक रुपमा अधिक छ ।

साधन लगानी र कार्यान्वयनका नवीन विधिहरु अवलम्वन गरिनु पर्दछ, जसले आन्तरिक क्षमता र लगानी सामथ्र्यलाई पुनर्वोध गर्न सकोस, राज्यभित्रका संरचना र राज्य बाहिरका संरचनाहरु आआफनो क्षमता र सामाथ्र्यमा परिचालित हुन सकून । अर्को शर्त विकासका मुद्दामा आम सहमतिको संस्कृति विकास पनि त्यत्तिकै जरुरी देखिन्छ ।

मुलुकमा संघीय संरचना पूणर् रुपमा लागू भएपछि प्रादेशिक सदरमुकाम र वस्ती केन्द्रहरु जोड्ने माध्यम पनि पूर्वाधार नै हुन्, त्यस अवस्थामा केही वर्ष ठूलो लगानीको माग हुनसक्छ । विनियोजित बजेट समयमै खर्च गर्नसक्क्ने संस्थागत क्षमता पनि देखिएको छैन । परम्परागत कार्यशैली, बजेट विनियोजन र प्रविधिबाट आक्रामक कार्यान्वयन कल्पना मात्र हो ।

त्यसैले साधन लगानी र कार्यान्वयनका नवीन विधिहरु अवलम्वन गरिनु पर्दछ, जसले आन्तरिक क्षमता र लगानी सामथ्र्यलाई पुनर्वोध गर्न सकोस, राज्यभित्रका संरचना र राज्य बाहिरका संरचनाहरु आआफनो क्षमता र सामाथ्र्यमा परिचालित हुन सकून । अर्को शर्त विकासका मुद्दामा आम सहमतिको संस्कृति विकास पनि त्यत्तिकै जरुरी देखिन्छ । राजनीतिक तहबाट विकासमाथि राजनीति गरिनु भएन, राजनीतिक स्रोत विकासमा परिचालन हुनुपर्दछ ।

  –मैनाली नीति विश्लेषण, विकास व्यवस्थापन तथा आर्थिक विधामा सुपरिचित नेपाल सरकारको पूर्व सचिव हुन् ।


Read Previous

स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)

Read Next

भोटेकोसी-१ आयोजनामा ४ बैंकले लगानी गर्दै, ५ अर्ब ९८ करोड ऋण प्रवाह हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *