Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)


काठमाडौं । सरकारले ५२ दिनमा तेस्रो पटक अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ ।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ १ हजार रुपैयाँ भाडा लाग्थ्यो भने अब १ हजार २१ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.७ प्रतिशतले वृद्धि भएको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५% वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ ।
त्यसैअनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको ३१ बैशाखमा डिजेलको बजार मूल्य १५३ रुपैयाँ प्रति लिटरमा १० रुपैयाँ वृद्धि भई

अहिले बजार १६३ रुपैयाँ प्रति लिटर कायम भएको छ । यो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मुल्यभन्दा ६.५३ प्रतिशत बढी भएकोले भाडादर वृद्धि गर्नुपरेको विभागका भनाइ छ ।

वृद्धि भएको भाडादर मंगलबार (आज) देखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले वृद्धि गरेको भाडादर दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

कहाँ कतिले बढ्याे भाडा ? (तलकाे लिंकमा क्लिक गर्नुहाेस्र) https://www.dotm.gov.np/Files/NoticePDF/BL.final.2079.02.0%E0%A5%AF%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AD%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%A6%E0%A4%B02022-05-24_05-00-07-530.pdf

 


Read Previous

भारतको सहयोगमा विद्यालय भवन निर्माण

Read Next

राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published.