Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

४ वर्षमा २९ पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले ४ वर्षमा विभिन्न समयमा गरी २९ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेसँगै भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीका आधारमा २०७४ कात्तिक यता नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य आकाशिँदै गएकाे हाे ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका बेला पनि निगमले घाटा समायोजन गर्न भन्दै न्यून मात्रामा मात्रै मूल्य समायोजन गरेको छ । पछिल्लो पटक बढाएर गरिएकाे मूल्य समायाेजनअनुसार पेट्रोल प्रतिलिटर १७० रुपैयाँ कायम छ । निगमले गरेकाे याे २९औ पटककाे मूल्य वृद्धि हाे ।

पछिल्लो पटककाे मूल्य समायाेजनपछि डिजेल र मट्टीतेल प्रतिलिटर १५३ पुगेको छ । २०७४ कात्तिक १५ गतेको मूल्य सूचीअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ सय रुपैयाँ थियो ।जबकि, चार वर्षअघि ७५ रुपैयाँ मात्र थियो ।

 पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य अझै बढ्ने देखिन्छ । निगमले सबैभन्दा बढी गत वर्ष २०७८ सालभरमा १४ पटक मूल्य बढाएर समायाेजन गर्याे । २०७७ सालमा जम्मा ३ पटक मूल्यवृद्धि गरेको निगमको तथ्यांकले देखाउँछ । २०७४ सालमा ६ पटक र २०७५ सालमा ५ पटक पेट्रोलियमको मूल्यवृद्धि भएको छ ।

स्थानीय निकाय निर्वाचनको भोलिपल्ट अर्थात् गत बैशाख ३१ गते एकै पटक पेट्रोलियम पदार्थकाे मूल्यमा एकै पटक लिटरमा १० रुपैयाँ बढ्याे । निगमकाे अहिलेसम्मकाे मूल्यवृद्धिकाे तथ्यांक हेर्दा  विगत ४ वर्षमा पेट्रोलियम पदार्थको मूल्य झन्डै दोब्बर बढेकाे देखिन्छ । पछिल्लो पटक पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम हुँदा २०७४ साल कात्तिक १५ गते प्रतिलिटर मूल्य १ सय रुपैयाँ मात्र थियो ।

पछिल्लो पटक डिजेल र मट्टीतेल पनि बढेर प्रतिलिटर १५३ पुगेको छ । जबकि चार वर्षअघि ७५ रुपैयाँ मात्र थियो । निगमले पेट्रोलिय पदार्थमा मूल्य बढाएसँगै सर्वसाधारणले थेग्नै नसक्ने गरी अन्य वस्तुको बजार भाउ अकासिनुका साथै सार्वजनिक यातायातको भाडा बढेको छ । मूल्यवृद्धिविरुद्ध विद्यार्थीदेखि सर्वसाधारणसमेत आन्दोलित भइरहेका छन् ।

निगमले सबैभन्दा बढी गत वर्ष ०७८ मा १४ पटक मूल्य बढाएको छ भने ०७७ मा तीन पटक मूल्यवृद्धि गरेको निगमको तथ्यांकले देखाउँछ । ०७४ मा ६ पटक र ०७५ मा ५ पटक पेट्रोलियमको मूल्यवृद्धि भएको छ । स्थानीय निकाय निर्वाचनको भोलिपल्ट अर्थात् वैशाख ३१ मा पेट्रोलियमको मूल्यमा अत्यधिक वृद्धि गरेपछि निगमको सर्वत्र आलोचना भइरहेको छ ।

पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणमा परिरहेको छ । ढुवानी भाडा महँगिएसँगै दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । यसले सर्वसाधारणको दैनिकीसमेत असहज बनिरहेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी अन्य वस्तुको बजार भाउ अकासिनुका साथै सार्वजनिक यातायातको भाडा बढेको छ ।

गत वर्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै एकै पटक सार्वजनिक यातायातको भाडा २९ प्रतिशतसम्म बढाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि पेट्रोलियम पदार्थमा मूल्य बढाउँदै लगेपछि हालसम्म सार्वजनिक यातायातको भाडा ५४ प्रतिशत बढिसकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेर सार्वजनिक यातायातको भाडा वृद्धि हुँदा सर्वसाधारण मर्कामा परिरहेका छन् । विभिन्न संघ–संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध जनाउँदै यो निर्णय तत्काल फिर्ता लिनु पर्ने भन्दै विरोध जनाउँदै आएका छन् ।

मूल्यवृद्धि विरुद्धमा विद्यार्थीदेखि सर्वसाधारणसमेत आन्दोलित भइरहेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनतालाई कष्ट दिने काम गरिरहेकाले मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गर्नुपरेको बताइन् ।

यस्तै, मजदुर नेता अर्जुनलाल श्रेष्ठले चुनावलगत्तै जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि आन्दोलनमा होमिनुपरेको जनाए । मूल्यवृद्धि फिर्ता लिन सरकारलाई खबरदारी गरिरहने उनको भनाइ छ ।

यसैगरी नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पहलमान श्रेष्ठले सरकारले जनताले थेग्नै नसक्ने गरी पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि ढुवानी भाडा स्वतः बढ्ने हुँदा महँगीको मार खेप्नुपर्ने अवस्था आएको गुनासो गरे । मूल्यवृद्धिविरुद्ध जनतालाई सडकमा उतार्नुको विकल्प नभएको उनको दाबी छ ।
निगमले चार वर्षमा कायम गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि (प्रति लिटर)

२०७४ साल कात्तिक यता पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्यमा भएकाे वृद्धिकाे विवरण

२०७४
कात्तिक १५ गते–पेट्रोल १ सय रुपैयाँ, डिजेल  र मट्टीतेल ७५ रुपैयाँ

पुस ४ गते–पेट्रोल १०१ रुपैयाँ, डिजेल र मट्टीतेल ७८ रुपैयाँ

पुस १७ गते–पेट्रोल १०२ रुपैयाँ,  डिजेल र मट्टीतेल ७९ रुपैयाँ

माघ ३ गते–पेट्रोल–१०३ रुपैयाँ,  डिजेल र  मट्टीतेल ८१ रुपैयाँ

माघ १८ गते–पेट्रोल–१०४ रुपैयाँ, डिजेल र मट्टीतेल ८३ रुपैयाँ

चैत १९ गते–पेट्रोल–१०५, डिजल र मट्टीतेल ८५ रुपैयाँ

२०७५
वैशाख ३ गते–पेट्रोल १०६ रुपैयाँ,  डिजेल र मट्टीतेल ८७ रुपैयाँ

वैशाख–१९ गते–पेट्रोल १०८ रुपैयाँ, डिजेल र मट्टीतेल ९० रुपैयाँ

जेठ २ गते–पेट्रोल ११०रुपैयाँ,डिजेल र मट्टीतेल ९२ रुपैयाँ

जेठ १९ गते–पेट्रोल–११३ रुपैयाँ, डिजल र मट्टीतेल ९५रुपैयाँ

असोज १ गते–पेट्रोल–११४रुपैयाँ, डिजेल र मट्टीतेल १०१ रुपैयाँ

२०७७
फागुन १७ गते –पेट्रोल ११६ रुपैयाँ, डिजेल र मट्टीतेल ९९

चैत ३ गते– पेट्रोल ११८ रुपैयाँ, डिजेल र मट्टीतेल १ ० १ रुपैयाँ

चैत २२ गते–पेट्रोल मूल्य १२० रुपैयाँ, डिजेल  र मट्टीतेल १ सय ३ रुपैयाँ

२०७८

बैशाख ४ गते–पेट्रोल १२१ रुपैयाँ, डिजेल र मट्टीतेल १०४ रुपैयाँ

जेठ २ गते–पेट्रोल १२३ रुपैयाँ, डिजेल र मट्टीतेल १०६ रुपैयाँ

जेठ २२ गते –पेट्रोल १२५ रुपैयाँ, डिजेलर मट्टीतेल १०८ रुपैयाँ

असार–९ गते–पेट्रोल १२७रुपैयाँ, डिजेल र मट्टीतेल ११० रुपैयाँ

असार २२ गते–पेट्रोल १२९रुपैयाँ, डिजेल र मट्टीतेल ११२ रुपैयाँ

भदौ ७ गते–पेट्रोल १३०रुपैयाँ, डिजेल र मट्टीतेल ११३ रुपैयाँ

कात्तिक १२ गते–पेट्रोल १३३रुपैयाँ, डिजेल र मट्टीतेल ११६ रुपैयाँ

कात्तिक २४ गते–पेट्रोल १३६ रुपैयाँ, डिजल र मट्टीतेल ११९ रुपैयाँ

माघ ५ गते–पेट्रोल १३९ रुपैयाँ, डिजेल र मट्टीतेल ११२ रुपैयाँ

माघ १८ गते–पेट्रोल १४२, डिजेल र मट्टीतेल १२५ रुपैयाँ

फागुन ७ गते–पेट्रोल १४५ रुपैयाँ, डिजेल र मट्टीतेल १२८ रुपैयाँ

फागुन १९ गते–पेट्रोल १५० रुपैयाँ, डिजेल र मट्टीतेल १३३ रुपैयाँ

चैत २ गते– पेट्रोल १५५रुपैयाँ, डिजेल र मट्टीतेल १३८ रुपैयाँ

चैत २२ गते–पेट्रोल १६०रुपैयाँ , डिजेल र मट्टीतेल १४३ रुपैयाँ

२०७९
वैशाख ३१ गते–पेट्रोल १७० रुपैयाँ,  डिजेल र मट्टीतेल १५३ रुपैयाँ

स्राेत-नेपाल आयल निगम


Read Previous

गण्डकी सरकारले खोज्यो ठूलो जलविद्युत आयोजनामा प्रदेशको साझेदारी

Read Next

दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण

Leave a Reply

Your email address will not be published.