Nepal Purbadhar

पोखराको बुद्धचोकमा बीएआईसी र आर्कफक्स को नयाँ शोरुम सञ्चालनमा


काठमाडौं । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा बीएआईसी र आर्कफक्स ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।

शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्। नेपालका लागि यी दुई ब्रान्डको आधिकारिक प्रतिनिधित्व लक्ष्मी मोटरहबले गर्दै आएको छ।

नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई दुवै ब्रान्डका सवारीसाधन, प्रविधि, विशेषता र सेवाबारे सहज रूपमा जानकारी उपलब्ध गराउने कम्पनीको लक्ष्य छ। काठमाडौं बाहिर पनि आफ्नो बजार विस्तार गर्दै क्षेत्रीय ग्राहकसम्म पहुँच बढाउने रणनीतिअनुसार शोरुम सञ्चालनमा ल्याइएको हो।

इन्जिनियरिङ, कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित बीएआईसी तथा विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिमा केन्द्रित आर्कफक्स ले फरक विशेषताका सवारीसाधन उपलब्ध गराउँदै आएका छन्।

नयाँ शोरुमबाट गण्डकी प्रदेशका ग्राहकले दुवै ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्नुका साथै तिनका विशेषता, प्रविधि र सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

क्षेत्रीय बजारमा ग्राहकको पहुँच विस्तार गर्न र नेपालमा बढ्दो विविध मोबिलिटी समाधानको माग सम्बोधन गर्न नयाँ शोरुमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

आफ्नै मन्त्रालयका शाखा अनुगमनमा गर्दै उर्जा मन्त्री श्रेष्ठ, सेवा प्रवाह सुधार्न निर्देशन

Read Next

लक्षित समुदायका आवश्यकता समेटेर नीति तथा बजेट बनाउन मन्त्री बादीको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar