Nepal Purbadhar

बागलुङमा बाढीपहिरोबाट ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति


बागलुङ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ६१ घरगोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा परी १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्। निसीखोला र तमानखोला क्षेत्र बढी प्रभावित भएका छन्। बाढीपहिरोले तीन ओटा झोलुङ्गे पुल, गलकोट-९ को वडा कार्यालय तथा दुई ओटा प्रहरी कार्यालयमा समेत क्षति पुर्‍याएको छ।

यस्तै दुई ओटा जलविद्युत् आयोजनासहित विद्यालय, रिसोर्ट र कृषि फार्ममा क्षति पुगेको छ। २५६ पशुचौपाया र २१५ कुखुरा मरेका छन्।

निसीखोला गाउँपालिकाले मृतकका परिवारलाई ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र आंशिक जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ।


Read Previous

निजी क्षेत्रलाई विद्युत व्यापारको बाटो खोल्दै सरकार, १० कम्पनीले तत्कालै एलओआई पाउने

Read Next

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar