
फाइल तस्बीर।
काठमाडौं। पहिरो खसेपछि ललितपुरको बागमती गाउँपालिका-३ काल्चे माल्टामा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार काल्चे माल्टा दोबाटोमा पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको हो।
उक्त स्थान भट्टेडाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ पर्ने प्रहरीले जनाएको छ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ।

