
काठमाडौं । भोटेकोशी बाढीका कारण अवरुद्ध नुवाकोटको बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ।
बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित प्राविधिक टोलीहरू निरन्तर परिचालन भइरहेका छन्।
प्रभावित सबै क्षेत्रमा विद्युत् आपूर्ति नियमित बनाउन पुनर्स्थापनाको कामलाई थप तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
