
फाइल तस्बीर।
काठमाडौं, ३० असोज । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ ओटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्। ती पुल मर्मतमा करिब साढे ५ करोड रुपैयाँ खर्च भएको छ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार त्रिशूली करिडोरका पुलमध्ये ११ ओटामा ठूलो क्षति पुगेको थियो भने ७ ओटामा सामान्य क्षति भएको थियो।
क्षतिग्रस्त पुलका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने, स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली राख्नेलगायत काम गरी सबै पुल सञ्चालनमा ल्याइएको कार्यालयलयले जनाएको छ।
मर्मत गरिएका पुलले नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थानीय तहबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

