Nepal Purbadhar

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित


काठमाडौं। प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो।

विधेयकमाथि सांसद हरिप्रसाद भुसाल र सुशील खड्काले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिएका थिए। यस्तै, सांसद गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले पेश गरेका संशोधन प्रस्तावहरू भने बहुमतले अस्वीकृत गरेको थियो।

आर्थिक विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक राजस्व तथा करसम्बन्धी कानुनी व्यवस्था अघि बढेको छ।

यसैबीच, प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको दफावार छलफल भने जारी रहेको छ।


Read Previous

शिक्षा र स्वास्थ्य क्षेत्रको कर तल्लो तहका नागरिककै हितमा : अर्थमन्त्री वाग्ले

Read Next

९ मेगावाटको खिम्ती–ध्वाङ् जलविद्युत् आयोजना २०८४ चैतसम्म पूरा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar