Nepal Purbadhar

आजको मौसम: हिमाल–पहाडमा पानी पर्ने, तराईमा गर्मी बढ्ने


काठमाडौं। आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

यता मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।


Read Previous

यातायात क्षेत्रमा जम्मा २१ मेगावाट विद्युत खपत, कति छन् चार्जिङ स्टेशन ?

Read Next

छानबिन समितिबाट सुधन गुरुङलाई सफाइ प्रणालीलाई दोष, सम्पत्ति वैध रहेको निष्कर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar