Nepal Purbadhar

मुस्ताङमा सडक स्तरोन्नति हुँदा जिल्ला अस्पताल पुग्न समस्या


मुस्ताङ। जोमसोमस्थित २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज भएपछि सेवाग्राहीलाई समस्या भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा पुरानो सडक ग्रेड डाउन गरेपछि अस्पतालसम्म पुग्न कठिनाइ भएको हो ।

अस्पतालकाअनुसार सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको छ ।अस्पताल जोड्ने सडकका लागि तीनवटा विकल्प प्रस्तुत गरिए पनि हालसम्म कुनै समाधान निस्कन नसकेको हो ।

पहिलो विकल्प मुख्य राजमार्गको सडक उकासेर अस्पतालतर्फको बाटो सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घरअगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाउने रहेको थियो । तर प्रस्तुत गरिएका तीनवटै विकल्पमध्ये कुनै पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रदेश अस्पतालका अनुसार अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका, अस्पताल व्यवस्थापन समिति तथा अन्य सरोकारवालाबीच पटक–पटक छलफल र संवाद भए पनि सहमति जुट्न सकेको छैन ।

सडक समस्या समाधान नहुँदा बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई दैनिक आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।


Read Previous

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, जनजीवन प्रभावित

Read Next

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, २१ जनाको आवेदन एकल सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar