Nepal Purbadhar

मन्त्रिपरिषद् निर्णय: नियुक्ति देखि धानको समर्थन मूल्य निर्धारणसम्म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठक


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ ।

यसवर्षका लागि मोटो धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले सहकारी बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र बजारमा धानको मूल्य स्थिर राख्ने उद्देश्यले हरेक वर्ष समर्थन मूल्य तोक्दै आएको छ ।

यस्तै, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डंगोललाई क्यानको महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताए ।


Read Previous

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, २१ जनाको आवेदन एकल सिफारिस

Read Next

चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयन हुने, लेटर अफ रिप्लाइङ’स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar