Nepal Purbadhar

सिन्धुपाल्चोक–१ मा रास्वपाका भरत पराजुलीको अग्रता कायमै


सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भरत पराजुलीले अग्रता कायम गरेका छन्।
लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ६ सम्मको मतगणनाको परिणामअनुसार पराजुलीले ६ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपाका उम्मेदवार माधव सापकोटाले ५ हजार ४ सय १९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार सरेश नेपालले ३ हजार ६ सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार जगबहादुर तामाङले ३ हजार ४ सय ९५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।


Read Previous

सस्मित पोखरेल काठमाडौं ५ बाट ३० हजार ७३७ मतसहित विजयी

Read Next

रवीन्द्र मिश्रले छाडे दलीय राजनीति, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar