
काठमाडौं । अन्तरिम सरकारका नव नियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा आज आयोजित कार्यक्रमका बीच उनीहरूले शपथ लिएका हुन् । शीतल निवास प्रांगढमा टेन्ट टाँगेर उनीहरूलाई शपथ गराइएको छ ।
नव नियुक्त मन्त्रीहरूमा रामेश्वर खनालले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, कुलमान घिसिङलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयसँगै शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ओमप्रकाश अर्याललाई भने गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मा दिइएको छ ।


