Nepal Purbadhar

सरकारको दमनविरुद्ध जनताको आक्रोश: शीर्ष दलका प्रमुख नेताको घरतर्फ सोझियो आन्दोलन


काठमाडौं । मंगलबार देशैभर भएको आन्दोलनमा प्रदर्शनकारीले शीर्ष दलका नेताहरूको घर केन्द्रित भएको छ ।

मंगलबार प्रदर्शनकारीहरुले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन् । ललितपुरको सुनाकोठीस्थित उनको घरमा आगजनी गरिएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको खुमलटारस्थित घरमा पनि तोडफोड गरेका छन् ।

देशैभर भइरहेको आन्दोलन अहिले शीर्ष दलका नेताको घर तथा सरकारी निकायतर्फ अघि बढेको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरतर्फ पनि आन्दोलनकारी बढेका छन् । यद्यपी उनीहरुलाई भने प्रहरीले बाटैमा रोकेको छ ।

सोमबार जेनजीले भ्रष्टाचारविरुद्धमा सरकारको जवाफदेहिताको माग गर्दै सुरू गरेको आन्दोलनमा मंगलबार दोस्रो दिन अन्यले पनि समर्थन जनाएका छन् । सोमबारको आन्दोलनमा भने सरकारको दमन र अत्यधिक बल प्रयोगका कारण कम्तीमा १९ जनाको मृत्यु भएको थियो ।


Read Previous

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

Read Next

बालाजुमा टायर बालेर प्रदर्शन, कलंकीमा अवस्था तनावग्रस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar