Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे


तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटरमा कालोपत्र सकिएकाे छ । पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेकोमा पूर्वी खण्डमा यति काम भएकाे हाे ।

उक्त सडकअन्तर्गत ४ लेनको १२ किलाेमिटर र २ लेनको ८ किलाेमिटर सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको छ । सडक फाइनल गर्ने समयमा ४ सेन्टिमिटर थप गरी कूल १०.सेन्टिमिटरको सडक कालोपत्र बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर बिष्णु पाण्डेले जानकारी दिए । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद २०८१ बैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए ।

त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरी कालोपत्र गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी रहेको छ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि विजयपुर पुल, कोत्रेपुलबाट गगनगाैँडा र गगनगौँडाबाट दुलेगौँडातर्फ काम भइरहेको छ । उक्त सडक खण्डका दायाँबायाँका विद्युत् पोल हटाएर सडक विस्तार भइरहेको उनले बताए ।

जिल्लाको म्याग्देको जामुनेदेखि पोखरासम्मको खण्डमा करिब दुई हजार चारसय विद्युत् पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत हटाइसकिएको छ । तीन महिनाअघि आठ प्रतिशत काम भएको यस सडक खण्डमा अहिले १७ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।


Read Previous

महोत्तरीको गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुल्याे

Read Next

सुदूर पश्चिममा दिगो तथा व्यवसायिक कफी खेती प्रवर्द्धनमा इयुको सहयोग

Leave a Reply

Your email address will not be published.