Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सुदूर पश्चिममा दिगो तथा व्यवसायिक कफी खेती प्रवर्द्धनमा इयुको सहयोग


डोटी । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूर पश्चिम प्रदेशको डोटीमा किसानको लागि क्षमता अभिवृद्धि तालिम शुक्रबार सुरू भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमले डोटीको शिखर नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा शिखर नगरपालिकाका ३५ जना कफी किसानको सहभागिता छ ती मध्ये अधिकांश महिला छन् ।

कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक, दिगो  तथा  व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । तालिमले संभावित किसानहरूलाई कफी खेतीका वैज्ञानिक विधिबारे जानकारी गराउनुका साथै यसको संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य पनि राखेको छ । स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रींखलामा उनीहरूको उच्चतम सहभागीता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले  सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।तालिमको अवसरमा १२० वटा कफी विरूवाहरू रोप्नुका साथै नर्सरी व्यवस्थापनबारे प्रयोगात्मक प्रदर्शन गरिने छ ।

तालिमकी सहभागी विष्ना भाटले  तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञानबाट आफूले कफी खेती सुरू गर्ने बताइन् । शिखर नगरपालिका उपप्रमुख सुनिता रावलले कफीको खेतीका लागि स्थानीय तह र सरोकारवाला संस्थाहरूसँगको सहकार्य गरी अघि बढ्ने बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञ डा.बद्री बस्ताकोटी र समाजसेवी अमर वहादुर शाहीले लगायतले देशमा कफीको उत्पादनको संभावना प्रचुर रहेको अवस्थामा उत्पादन देखि प्रशोधन उपभोग र निर्यात सम्मका मूल्य श्रींखलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।

उनीहरूले नेपालमा कफीको वृहद सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउँदै विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । नेपालमा १२ लाख हेक्टरमा कफी खेतीको संभावना रहे पनि हाल करिब ४२ जिल्लामा करिब ३ हजार ६ सय ५५ हेक्टरमा कफी खेती हुने गरेको छ ।

नेपालमा आर्थिक वर्ष  २०७९/८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले १३ करोड ४ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको ७७ टन कफी निर्यात तथा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँ मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।


Read Previous

मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे

Read Next

बागलुङमा निर्माणाधीन ५ माेटरेवल पुल चालू वर्षमा सम्पन्न हुँदै 

Leave a Reply

Your email address will not be published.