Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

विष्फाेटक पदार्थ अभावमा दरबाङ म्याग्दीखोलाकाे निर्माण ३ महिनादेखि ठप्प


बेनी । विष्फाेटक पदार्थकाे अभावमा म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन २५ मेगावाटकाे दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य ३ महिनादेखि राेकिएकाे छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको आयोजनाका लागि आवश्यक विष्फाेटक पदार्थ समयमा उपलब्ध हुन नसक्दा मुख्य सुरुङ निर्माणकाे काम लामाे समयदेखि ठप्प हुन पुगेकाे हाे ।

२०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिट सुरुङ खन्न थालिएकोमा मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन् ।

सुरुङ खन्ने काम ३ महिनादेखि रोकिएको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिए । उनका अनुसार एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा अहिले त्याे राेकिएकाे हाे । उनले थप मेसिनरी उपकरण र जनशक्ति व्यवस्थापन गरेर अब २ ठाउँबाट सुरुङ  खन्रे तयारी भइरहेकाे बताए । उनले आयोजनाको सबै संरचनाकाे निर्माणलाई पुनः अघि बढाउने गरी तयारी भइरहेको  बताए ।

“अब फेरि सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरी प्रबन्ध मिलाउँदै छौँ, अहिले पनि कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ”, आयोजना प्रमुख रेग्मीले भने । उनले यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको पनि जानकारी दिए ।

कूल २.८५० किलाेमिटर लामो मुख्य सुरुङ बनाउनुपर्नेमा अहिलेसम्म करिब २ किलाेमिटर सुरुङ निर्माण सकिएको कम्पनीले जनाएकाे छ । ५ वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेँसीको बालौटेमा निर्माण हुने विद्युत्गृहको शिलान्यास गरिएको थियो । तर, यस आयोजनाको सुरुङबाहेक विद्युत्गृह र ड्यामसाइटतर्फ कुनै काम सुरु भएको छैन ।

आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवद्र्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । “स्थानीयस्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ”, उनले भने ।

विष्फाेटक पदार्थ अभावकाे समस्या दरबाङ म्याग्दीखोलाले मात्र नभइ अधिकांश आयोजनाले अहिले झेलिरहेका छन् । जसमा कारण आयोजनाकाे निर्माण अवधि लम्बिनुका साथै लागत पनि बढिरहेकाे छ ।

आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन् । मालिका-५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । ५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने छ । ७० प्रतिशत  वित्तीय संस्थाबाट ऋण लगानी हुँदैछ ।


Read Previous

एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

Read Next

अबको आवश्यकता ग्रिड जडित सौर्य विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.