Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   


भोजपुर। भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौंका सङ्ख्यामा सवारीसाधन आवत-जावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बताइन् ।

सडकका कारण आवत-जावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनकाे भनाइ छ । “बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको अवस्था थियो”,उनले भनिन्, “सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौं । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु ।”

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासंघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।


Read Previous

२१ महिनामा डेढगाउँ-झ्यालबास सडक खण्डकाे ३० प्रतिशत निर्माण,कात्तिक भित्र सम्पन्न गर्ने दाबी

Read Next

चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व

Leave a Reply

Your email address will not be published.