Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   


जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो ।

जाजरकोटको भेरी नगरपालिका-४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ । अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।

कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएकोे छ ।

सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् । मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ ।

वर्षायाममा सबै सडक भत्किँने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बताए । पश्चिम जाजरकोटको महत्त्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ ।

लामो समयदेखि धुलाम्ये सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गरे । “हामीले पटकपटक बजेट माग गरेका छौँ तर सुनुवाइ भएको छैन । पश्चिम जाजरकोटलाई राज्यले नहेरेको अवस्था छ ,”उनले भने ।

छेडा–चाँदे हुँदै जुम्ला सडकखण्डभित्र रहेको यो सडकमा शिवालय गाउँपालिका–१ देखि नै कालोपत्र नहुँदा कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हिउँद याममा ठिकै भए पनि वर्षायाममा यो सडकमा हिँड्न मुस्किल हुने गरेको उहाँको भनाइ छ । पूरै कच्ची यो सडकमा मुस्किलले एकतर्फी यातायाताका साधन सञ्चालन भइरहेका छन् ।

दोहोरो यातायातका साधन बाटो क्रस गर्न फराकिलो भएको ठाउँ खोज्दै समय बित्ने गरेको छ । यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ ।

ठाउँठाउँमा पुल निर्माण गर्नुुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उनले जानकारी दिए । पश्चिम जाजरकोटका शिवालय, छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिकाको आधा भाग हुँदै जुम्ला जोड्ने महत्वपूर्ण सडक भए पनि राज्यको नजरमा नपरेको महताराको गुनासो थियो ।

पश्चिम जाजरकोटका जनप्रतिनिधिदेखि सर्वसाधाणले धेरैपटक सडकमा कालोपत्र गराउन माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको उनले बताए ।

पश्चिम जाजरकोटमा सडकको दूरावस्थाले निर्माण सामग्री ल्याउन र बिरामी हुँदा अस्पताल लैजानसमेत समस्या हुँदै आएको छ । सडकको स्तरोन्नति नहुँदा मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र लुम्बिनी रारा सडकसँग यो सडक जोडिएको छैन ।


Read Previous

आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्न प्रतिश्पर्धा आह्वान

Read Next

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन   

Leave a Reply

Your email address will not be published.