Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र


काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको थियो । बस्ती निर्माणको योजनाअन्तर्गत केही घर बन्न बाँकी रहेका छन् भने बनेका घरले पूर्णता पाउन बाँकी छ ।

नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा एक वर्षदेखि निर्माणको काम रोकिएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार छ घर निर्माण बाँकी रहेको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको काम अलपत्र बनेको हो । बाँकी काम सक्न नगर कार्यालयले ४० लाख रूपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको हो । सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्तीको परिकल्पना गरिएको उनकाे भनाइ छ ।

नगरप्रमुख टोकबहादुर तामाङ अघिल्लो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्तीको लागि निर्णय गरिएको रकम दिन सकिने बताउछन्। यसअघि नगरले १० लाख रूपैयाँ सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिद गरी बिल नगर कार्यालयमा पेस गरिसकिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

निर्माण समितिका अध्यक्ष आइतमान तामाङले पटक–पटक ५४ लाख रूपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको जानकारी दिए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा २ करोड ८० लाख रूपैयाँ निकासा भएको थियो । उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउने योजना बनाइएको थियो । तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको थियो ।

तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न जनश्रमदान बाहेक तत्कालीन अवस्थामा करिब १३ लाख  रूपैयाँ लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीयवासी निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत भरपुर साथ दिएको बताए । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो । नमुना तामाङबस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँसँगै गाउँका महिला–पुरुष जनश्रमदानमा जुट्थे।

‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको पनि एक वर्ष भइसक्यो भन्ने सुनियो’, पञ्चकुमारीले भनिन् । उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार पनि पाँच वर्ष अघिनै सोही बस्ती निर्माणमा दिएकी थिइन । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा १ करोड ४० लाख रूपैयाँ रकम निकासा हुँदा पनि ऋणले थलिएका तीनधारका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार पनि खर्चिइएको छ । बस्ती निर्माण कार्य योजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ ।

नमुना बस्तीमा  ४० लाख रूपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने योजना बनाइएको छ ।

छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ भने तामाङ संस्कृतिसमेत बुझाइनेछ । राजकुमार पराजुली/रासस


Read Previous

बाँकेका ८ स्थानीय तहकाे २३ कराेड विद्युत् महसुल तिर्न बाँकी, नतिर्नेको लाइन काट्न सूचना जारी

Read Next

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५८ दिनदेखि अवरुद्ध

Leave a Reply

Your email address will not be published.