Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

गुनासो नआउने गरी काम गर्न मन्त्रालय मातहत निकायका कर्मचारीलाई मन्त्री बस्नेतकाे निर्देशन


काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा उद्यमी तथा सरोकारवालाले मन्त्रालय मातहतका केही निकायमा प्रक्रियागत रुपमा लामो समयसम्म काम अड्काएको भन्ने गुनासो आएको बताएका छन् । सिंहदरबारमा बुधबार आयोजित मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधि सम्मिलित बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आम नागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले ऊर्जा उद्यमीले आफूलाई गम्भीर रुपमा विभागको कामप्रति गुनासो गरेकाले किन त्यस्तो भएको हो, भनी विभागको उच्च तहमा छलफल गरेर सुधार गर्न आग्रह गरे । उनले कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए आफूलाई भन्न समेत कर्मचारीलाई निर्देशन समेत दिए । उनले विशेष गरी विद्युत् विकास विभागमा ऊर्जा उद्यमीले दुःख पाएको भनी गुनासो गरेको सन्दर्भ जोड्दै भने “ गुनासो नआउने गरी काम गर्नुस् । कमजोरी भएको भए सुधार गर्नुस् ।”

मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । मन्त्री बस्नेतले  सामान्य र प्रक्रियागतमुखी कामले मात्रै परिणाम हासिल नहुने भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे ।

“सामान्य एकाध दिनमा हुने काम पनि महिनौ लागेको भन्ने गुनासो आएको छ । किन त्यसो भएको हो । गुनासो आउन नदिन के गर्नुपर्छ । तत्काल कार्यशैली सुधार गर्नुस् । हुने काम तत्काल गर्नुस्, नहुने काम भए, किन हुन सकेन स्पष्टसँग बुझाइदिनुस् ”, उनले निर्देशन दिँदै भने ।

यस्तै, ऊर्जा मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको समस्या र वेथिती सुधार गर्ने स्पष्ट उपायसहितको कार्ययोजना पेश गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै मन्त्री बस्नेतले पथलैया– विरगञ्ज र ढल्केबर– इनरुवा खण्डको प्रसारण लाइन निर्माणमा देखिएको समस्या हिउँद अगावै समाधान गर्नुपर्ने बताए ।

विरगञ्ज र विराटनगरमा आगामी हिउँदमा समस्या आउने भएकाले तत्काल नै प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्नुपर्ने बध्यता रहेको उनकाे भनाइ छ । मन्त्री बस्नेतले देशका अन्य स्थानमा पनि प्रसारण लाइनको क्षमता बृद्धि गर्न, सवस्टेशनको नियमित मर्मत सम्भार गर्न समेत निर्देशन दिए ।

सिँचाईतर्फका आयोजनामा रहेको समस्या समाधानका लागि पनि सार्थक पहल थालीहाल्न उहाँले कर्मचारीलाई निर्देशन दिए ।  छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल, सहसचिवद्वय नवीनराज सिंह, सन्दीपकुमार देव, सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको सहभागिता थियो ।


Read Previous

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

Read Next

कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने

Leave a Reply

Your email address will not be published.