Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत


चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने उनले बताए । चितवनमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ तिरिसकेका छौँ । अब छदेखि सात अर्ब रुपैयाँ जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।’

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाई थियो । पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । ‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो’, उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।’ सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनले बताए ।


Read Previous

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

Read Next

सन् २०२३ को प्रारम्भमा जलविद्युत उत्पादनमा इतिहासकै न्यून गिरावट: अध्ययन

Leave a Reply

Your email address will not be published.