Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता


काठमाडौं । दोलखामा निर्माण हुन लागेको ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता भएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी इनर्जी भेन्चर प्रालि र हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमीटेडबीच आयोजनाको डिजाइनको रिभ्यू, टेण्डर कागजपत्र तयारी र विस्तृत इन्जिनियरिङ डिजाइनका लागि शुक्रबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा इनर्जी भेन्चरका तर्फबाट अध्यक्ष महेश खरेल र हाइड्रो कन्सल्टको तर्फबाट कार्यान्वयन महाशाखाका विभागीय प्रमुख सरोज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हाइड्रो कन्सल्टले आयोजनाको  डिजाइनको मुल्यांकन, ठेक्का सम्झौताका लागि आवश्यक कागजात तयार गर्नेछ । यस्तै, आयोजनाको विस्तृत डिजाइनको काम पनि हाइड्रो कन्सल्टले गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । माथिल्लो लाप्चे नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । ९ अर्ब ४० करोड लागत अनुमान गरिएकाे आयोजनाको वित्तीय व्यवस्थापन भइसकेकाे छ । प्राइम कमर्सियल बैंककाे अगुवाइमा  वित्तिय व्यवस्थापनको टुंगाे लागिसकेकाे छ ।

हाइड्रो कन्सल्ट जलविद्युत क्षेत्रमा पहिचान बनाइसकेको नेपालको अग्रणी परामर्शदाता कम्पनी हो । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक यो कम्पनीले देशबाहिर पाकिस्तान, केन्या लगायत देशमा पनि पुगेर काम गरेको छ । हाइड्रो कन्सल्टले जलविद्युतसहित पूर्वाधारण क्षेत्रका आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनमा इन्जिनियरिङ सेवा दिँदै आएको छ ।

हाइड्रो कन्सल्टले अहिले एक दर्जन जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्झौताका लागि कागजात तयारीको काम गरिरहेको छ । १४ आयोजना विस्तृत डिजाइन तयार भई अहिले निर्माणको विभिन्न चरणमा छन् ।

७ वटा आयोजनाको सम्भाव्यता अध्ययनको काम भइरहेको कम्पनीले जनाएको छ । सम्भाव्यता पूरा भएका १ दर्जन आयोजना छन् । परामर्श सेवा दिएको एउटा आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ ।


Read Previous

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

Read Next

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

Leave a Reply

Your email address will not be published.